सोल्मा (तेह्रथुम) । उमेरले ४० वशन्तमा हिड्दै गरेका लालीगुराँस नगरपालिका ९ सोल्माका टेकवहादर केप्छाकी मगरलाई कहिल्यै पनि विदेशको मोहले छोएन । टोल छिमेकका दौंतरीहरु पैसा कमाउनकै लागि साहु संग ऋण खोजेर भएपनि खाडी मुलुकतर्फ लर्को नै लागेर जाने गर्थे । केही वर्षमा थोर वहुत पैसा कमाएर पनि ल्याउथे । उनीहरुले गाउँ फर्किएर देखाएको रबाफ र खर्च गरेको देख्दा उनलाई पनि पैसा कमाउने रहर त जाग्यो, तर विदेशको मोहले भने कहिले पनि छोएन ।
गाउँघरका दौंतरी साथीहरु खाडी मुलुकमा पैसा कमाउन लाग्दै गर्दा मगरले पुख्र्यौली जमिनमा अलैंची, चिया र किबी खेती शुरु गरे । यो खेतीले तत्कालै आमदानी नदीए पनि केही वर्ष पछि आमदानीको राम्रो स्रोत बन्यो । अलैची, चिया र किवी खेती संगै युवा किसान मगरले विरुवा नर्सरी गरेर जिल्लाभरका किसानलाई उपलव्ध गराईरहेका छन् । उनको नर्सरीमा प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादन गरीएका अलैंची, चिया र किवीका विरुवा हुर्कीरहेका छन् । मगरको नर्सरीमा अहिले विभिन्न प्रजातीका अलैंचीका ३० लाख विरुवा हुर्कीएर रोप्ने अवस्थामा पुगेका छन् । चियाको नर्सरीमा पनि धेरै परिमाणमा विरुवा हुर्कीरहेका छन् । विरुवा विक्री गरेर १ करोड रुपैंया वढी आमदानी गर्ने सपना उले संगालेका छन् । उनकोन नर्सरी बाट अलैंची विरुवा प्रगिगोटा ५ देखी ७ रुपैंयामा विक्री भैरहेका छन् ।
केप्छाकी वहुउदेशीय नर्सरी फार्म दर्ता गरेर अलैंची, चिया र किवीका विरुवा उत्पादनमा मगर लागेका छन् । उनले १ सय २५ रोपनी क्षेत्रफल जमिनमा अलैंचीको नर्सरी राखेका छन् । त्यती नै क्षेत्रफल जमिनमा चियाको नर्सरी खेती गरेका छन् । आफ्नो जमिन थोरै भएपछि मगरले छिमेकी र आफन्त संग ८० रोपनी जमिन बार्षिक २ लाख रुपैंया बुझाउने गरी लिजमा लिएका छन् । नर्सरी वाहेक मगरले ५५ रोपनी क्षेत्रफलमा जमिनमा आफैले अलैंची रोपेका छन् । यि विरुवा यो बर्ष फल्न थालेका छन् । ०६९ साल देखी अलैंची खेती संगै नर्सरीमा लागेका मगरको मेहनत र लगनशिलता देखेर डेनीस सरकारको उन्नती समावेशी वृद्धि कार्यक्रमले उनको फार्मलाई १७ लाख रुपैंया दिएर सहयोग गरेको छ । सोही रकममा मगरले १३ लाख रुपैंया थपेर ३० लाख पुँजी पु¥याएका छन् । मगरले अहिले जिल्लामै सवै भन्दा धेरै अलैंची विरुवा उत्पादन गर्ने युवा किसानको पहिचान बनाएका छन् । कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा तयार पारीएका विरुवाको माग १ नम्वर प्रदेशका सवै जसो पहाडी जिल्ला बाट आईरहेको उनले वताए । ‘पछिल्लो समय लमजुङ, गोर्खा, बागलुङ लगायतका जिल्ला बाट समेत अलैंची विरुवाको माग आईरहेको छ’ मगरले भने ।
मगरले आफ्नै फार्ममा २ सय अलैंची किसानलाई बोलाएर एक वर्षको अवधिमा वगान व्यवस्थापन, अलैंची खेती, रोग किरा व्यवस्थापन, गुणस्तरीय विरुवा र फल उत्पादन, सिंचाई, वजार मुल्य लगायतका विषयमा तालिम दिएको वताए । स्थानीय हावापानीमा राम्ररी फस्टाउने रामसाई र गोल्साई जातका अलैंची विरुवा नर्सरीमा हुर्कीरहेका छन् । कृषि प्राविधिकको प्रत्यक्ष रेखदेखमा अलैंची विरुवा हुर्काउन कार्यक्रम मार्फत किसान मगरलाई उन्नती बमावेशी वृद्धि कार्यक्रमले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । यो कार्यक्रम तेह्रथुम बाट हाल बाहिरी सकेको छ । पहिले खेतीमा लागेका मगर अलैंची बगान रोगले मासिए पछि स्वस्थ विरुवा उत्पादनमा लागेका छन् । जिल्लाको प्रमुख नगदे बाली अलैंची खेतीमा पछिल्लो समय रोग फैलीएर किसानले नोक्सान व्यहोर्न थालेपछि आफु स्वस्थ विरुवा उत्पानदनमा लागेको मगरको भनाई छ । उन्नती समावेशी वृद्धि कार्यक्रम बाट प्राप्त सहयोग बाट मगरले विरुवाका लागि एग्रोनेट, हिलट्याङक, लगायतका समान खरीद गरेका छन् । सोही रकम बाट किसानलाई तालिम समेत दिएको उनले वताए ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालयले मगरको गाउँ सोल्मालाई अलैंची पकेट क्षेत्र घोषणा गरेको थियो । पछिल्लो समय देश संघियतामा गएपछि जिल्ला कृषि विकास कार्यालयको अधिकार स्थानीय तहमा गएको छ । तर लालीगुराँस नगरपालिकाले आफु जस्ता युवा कृषि उद्यमीहरुलााई सहयोग नगरेको उनले गुनासो गरे । कृषि विकास कार्यालयलजे पकेट क्षेत्र घोषणा गरेर काम गरीरहेको सोल्मालाई लालीगुराँस नगरपालिकाले पकेट क्षेत्र नै खारेज गरीदिएको किसान मगरले वताए । जिल्लामा ७ सय ७० हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुने गरेको छ । चार वर्ष अघि अलैंची विक्री बाट जिल्लामा ५२ करोड रुपैंया भित्रीएको कृषि विकास कार्यालयको तथ्याङक छ ।
अलैंची खेती संगै मगरले शुरु गरेको चिया र किबी खेती बाट पनि थोरवहुत आमदानी हुन थालेको छ । स्थानीय स्तरमा आफ्नै पहलमा जिल्लामै पहिलो पटक सानो प्रकारको चिया प्रशोधन उद्योग संचालन गरेका मगरले चिया रोपणको क्षेत्रफल वढाएर २५ रोपनी पु¥याएका छन् । बार्षिक २ हजार १ सय केजी हरियो पत्ति उत्पादन हुने गरेको मगरको भनाई छ । किबी खेती बाट पनि उनले आमदानी लिन थालीसकेका छन् । उनको नर्सरीमा अलैंची, चिया र किवीका विरुवा सस्तो मुल्यमा विक्री वितरण भैरहेका छन् ।