बसन्तपुर । तीनजुरे सुचना तथा सञ्चार सहकारी सस्था लिमिटेड द्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो तीनजुरे १०३।८ मेगाहर्ज को बार्षिक साधरणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
लालीगुराँस नगरपालिका २ बसन्तपुर वजार बाट संचालनमा रहेको रेडियोको बार्षिक साधरणसभा तथा अधिवेशनको प्रमुख अतिथि छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्वुले उद्घाटन गर्नुभयो ।
संस्थाका अध्यक्ष तथा पुर्व मन्त्री लक्ष्मण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका महासंघ कोशी प्रदेशका सचिव समेत रहनु भएका छथर गाउँपालिकाका अध्यक्ष लिम्वुले समाज रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माण र समुदायको आर्थिक रुपान्तरणमा रेडियोको महत्वपुर्ण भुमिका रहेको वताउनु भयो ।
स्थानीय तहको विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका रहेको वताउदै अध्यक्ष लिम्वुले आगामी दिनमा रेडियो तीनजुरे संग सहकार्य गरेर आफु अगाडी वढ्न तयार रहेको धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष लिम्वुले हरेक स्थानीय तह र त्यस क्षेत्रका नागरिकको सुचना र सञ्चारको पहिलो माद्यम नै नजीकको रेडियो भएकाले सोही रेडियो मार्फत स्थानीय सरकारले रेडियोलाई प्रयोग गरेर सहयोग गर्नुपर्ने वताउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण तिवारीले रेडियोमा अहिले सम्म भएको आमदानी र खर्च विवरण समेटीएको बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
अध्यक्ष तिवारीले प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो समय डिजिटल प्रविधिको विकास दृत गतिमा भएका कारण रेडियो सुन्ने स्रोता त्यस तर्फ बाँडीएका र देशको आर्थिक मन्दीका कारण आमदानीको मुख्य स्रोत विज्ञापन वजार समेत खुम्चीएका कारण देशैभरका रेडियोहरु आर्थिक संकटमा गुज्रीनु परीरहेको वताउनु भयो । रेडियोको आर्थिक र प्राविधिक पक्षको सुधारका लागि अडियो संगै भिडियो प्रविधि तर्फ आफुहरु लाग्नु पर्ने अवस्था देखीएको अध्यक्ष तिवारीको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष तिवारीले विविध कारणले गर्दा कोशी प्रदेशमा मात्र २३ वटा सामुदायिक रेडियोको प्रशारण बन्द भैसकेको जानकारी गराउनु भयो । समुदायको लगानीमा संचालनमा ल्याईएको रेडियोको प्रशारण वन्द हुन बाट जोगाउन पुन : समुदाय नै जागरुक हुनुपर्ने धारणा राख्नु भयो । अध्यक्ष तिवारीले ८५ लाख ९० हजार ५ सय १८ रुपैंया वरावरको आमदानी खर्च विवरण सार्वजनीक गर्नुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष छत्र प्रसाद रिमालले आगामी दिनमा रेडियोलाई कसरी प्रविधि संग प्रतिष्पर्धा गरेर अगाडी वढाउन सकिन्छ ? भनेर योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाका सचिव चन्द्र कार्कीले रेडियोको प्राविधिक पक्ष र रेडियो संचालनका फाईदा र चुनौतीका बिषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा रेडियो संचालनमा आएपछि पहिलो विज्ञापन दिएर रेडियोमा व्यवसायीक विज्ञापनको शुरुवात गरिदिने भुजेल सेवा समाज जिल्ला कार्यसमिति तेह्रथुम, निरन्तर रेडियो सुनेर सल्लाह सुझाव दिईरहने लालीगुराँस नगरपालिका २ बसन्तपुुर वजारका ८४ बर्षिय उदय वहादुर खड्का, विदेशी भुमीमा रहेर पनि रेडियोमा निरन्तर कार्यक्रम प्रायोजन गरी सहयोग गर्ने तीनजुरे मिडिया ग्रुप प्रवास नेपाल प्रालि, पुर्व कर्मचारीहरु मनिषा गिरी, नुमा माबोहाङ, हाल रेडियोमा कार्यरत उत्कृष्ट कर्मचारीहरु विकास गुरुङ र किरण कार्की कार्यक्रममा सम्मानीत भएका थिए ।
सभाले एकजना नयाँ सदस्य थप गर्दै पुरानै कार्यसमितिलाई आगामी कार्यकालको लागि निरन्तरता दिएको छ । आगामी कार्यकालका लागि लक्ष्मण तिवारी, छत्र प्रसाद रिमाल, चन्द्र कार्की, कृष्ण प्रसाद गौतम र कल्पना पौडेल क्रमश : अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा चयन भएका छन् । त्यस्तै प्रकास श्रेष्ठ, हेमराज अधिकारी, जीत वहादुर भुजेल र देवका वस्नेत आगामी कार्यकालका लागि सदस्य पदमा चयन भएका छन् ।
गुरुङ स्टेशन मेनेजरमा नियुक्त
साधरण सभा पछि बसेको संचालक समिति वैठकले रेडियो तीनजुरे १०३.८ मेगाहर्जको स्टेशन मेनेजरमा विकास गुरुङलाई नियुक्त गरेको छ । यस अघि रेडियोमा समाचार बाचक, कार्यक्रम संचालक र प्राविधिकको रुपमा काम गर्दै आएका गुरुङलाई कार्यसमितिले स्टेशन मेनेजरको नयाँ जिम्मेवारी दिएको हो ।
नयाँ जिम्मेवारी दिंदै अध्यक्ष लक्ष्मण तिवारीले गुरुङको नेतृत्वमा रेडियोको प्रसारण शैलीमा परिर्वतन आउने र चुनौतीका विच पनि रेडियोलाई डिजिटल प्रविधिमा लगेर रेडियो तीनजुरेलाई देशकै अव्वल रेडियो वनाउनेमा विश्वास व्यक्त गर्नुभयो ।
जिम्मेवारी पाए पछि गुरुङले आफुले रेडियो तीनजुरेमा स्थापनाको समय देखी काम गरीरहेको र यो अवधि सम्म आईपुग्दा सिकेको सिप र दक्षतालाई प्रयोग गर्दै रेडियो तीनजुरेको विकास र आर्थिक समृद्धीका लागि आफु डटेर लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
रेडियोमा स्टेशन मेनेजरको पद सम्हाले पछि आफुले स्टेशनको दैनिक कार्य सञ्चालन तथा व्यवस्थापन, रेडियोमा प्रसारण हुने कार्यक्रमको योजना बनाउने, रेडियो संचालनका लागि विज्ञापन वजारको अनुसन्धान गरी बजेट व्यवस्थापन गर्ने, प्रसारण सामग्रीमा गुणस्तरीयता ल्याएर स्टेशनको लोकप्रियता बढाउने र श्रोताको चासोका कार्यक्रम उत्पादन गरी प्रसारण गर्ने, वजार रणनीतिहरू बनाउने र स्थानीय समुदायसँग सम्बन्ध सुधार गरी रेडियोको आर्थिक समृद्धिमा लागी पर्ने वताउनु भयो ।