शुक्रवारे (तेह्रथुम) । गाउँपालिका केन्द्र शुक्रवारे बजारलाई व्यवस्थीत शहर बनाउन छथर गाउँपालिकाले बजार क्षेत्रका अव्यवस्थीत घर टहरा हटाउने अभियान शुरु गरेको छ । यस अघि निर्माण भएका बजार क्षेत्रका अव्यवस्थीत घर टहरा बजार व्यवस्थापन समिति मार्फत गाउँपालिकाले भत्काउन थालेको हो ।
बजार क्षेत्रका घर अगाडी निर्माण भएका छाप्रा र टहराले शहरको सौन्दर्य बिगारेको र सडक समेत अतिक्रम गरेकाले गाउँपालिकाले हटाउने निर्णय लिएको अध्यक्ष सन्तविर लिम्वुले बताए । अव्यवस्थीत टहरा हटाउदा वजार क्षेत्रको सौन्दर्य बढ्ने र गाउँपालिका केन्द्र शुक्रवारे बजार सुन्दर देखीने अध्यक्ष लिम्वुको भनाई छ । बजारलाई आकर्षक बनाउन गाउँपालिकाले बजारका घरको अगाडी भाग र छानामा समेत एकै प्रकारको रङ प्रयोग गर्न बजारबासीलाई सुचना गरेकोे छ । बजारको घरको स्वरुप, रङ र छाना एकै प्रकारको बनाउने निर्णय गाउँपालिकाले गरेकाले सोही अनुसार काम अगाडी वढाईएको वजार व्यवस्थापन समिति सचिव धाम वहादुर कार्कीले वताए ।
गाउँपालिका केन्द्र जोड्ने मुख्य ग्रामिण सडकको चौडा गरी सवारी आवागमनलाई सहज वनाउने कार्य समेत गाउँपालिकाले अगाडी बढाएको छ । यि सडक डे«न सहित ७ मिटरका हुनेछन् । यि सडकलाई जोड्ने सहायक सडक ५ मिटरका हुने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले वताए । प्रत्येक वडाका प्राकृतिक, सांस्कृतिक र धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका लागि योजना छनौट गरी वजेट समेत छुट्याईएको प्रमख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । त्यस्तै गाउख्पालिका भित्रका ९ माद्य।मीक विद्य।लय, गाउँपालिका केन्द्र भवन, ६ वडा कार्यालय र ६ स्वास्थ्य संस्थामा ४ लाख रुपैंयाको लागतमा विद्युतीय हाजिरी मेसिन मसेत जडान गरीएको छ । गाउँपालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतको कार्याकक्ष, कृषि, पशु, शिक्ष, स्वास्थ्य, योजना र सामाजिक विकास लगायतका शाखामा २ लाख रुपैंयाको लागतमा सिसी क्यामेरा समेत जडान गरीएको छ । सिसी क्यामरा निगरानीको लागि अध्यक्षको कार्यकक्षमा २/२ वटा कन्ट्रोलर मनिटर राखीएको छ । कार्यालय भित्र हुने सम्पुर्ण कामको प्रत्यक्ष रुपमा अनुगमन निरीक्षण अध्यक्ष लिम्वुले गरीरहेका छन् ।
गाउँपालिकाले बजारवासीलाई सुचना प्रविधिमा पहुंच पु¥याउने उदेश्यले बजारको बिच भागमा फ्रि वाईफाई समेत जडान गरीदिएको छ । भर्खरै मात्र ईन्टरनेट पहुंच पुगेको यो गाउँपालिकामा वाईफाई फ्रि भएपछि विदेशमा आफन्त हुने, विद्यार्थी र अन्य क्षेत्रमा संलग्नहरुले समेत संचार सुविधा पाएको गाउँपालिका प्र्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । यि सम्पुर्ण योजनाहरुको अनुगमन निरीक्षणका लागि गाउँपालिका उपाध्यक्ष तारा ढकालको संयोजकत्वमा समिति बनाइएको छ । पहिलो चरणमा माद्यामीक विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको गाउँपालिकाले केही समय पछि आधारभुत विद्यालयमा समेत विद्युतीय हाजिरी मेसिन जडान गर्ने तयारी गरीरहेको प्रवक्ता नेपालीले वताए ।