काठमाडौं । शरीरलाई स्वस्थ राख्न सबै अंगको आ–आफ्नै योगदान हुन्छ । जसमध्ये कलेजोको भूमिका पनि धेरै अवस्थामा निकै महत्वपूर्ण हुन्छ । हाम्रो पेट र आन्द्राबाट निस्कने सबै रगत कलेजोमार्फत शरीरमा जान्छ । कलेजोको मुख्य काम रगतलाई प्रशोधन गर्ने र यसलाई तोडेर पोषक तत्वहरू भण्डार गर्ने हो ।
यति मात्र होइन, यसले शरीरलाई राम्रोसँग काम गर्न आवश्यक पर्ने धेरै प्रकारका आवश्यक हार्मोन र पित्त पनि उत्पादन गर्ने काम गर्छ । जुन शरीरलाई राम्रोसँग काम गर्न आवश्यक हुन्छ ।
तर विश्वव्यापी रूपमा अहिले कलेजोसँग सम्बन्धित रोगको जोखिम तीव्र गतिमा बढिरहेको छ । कलेजोको गम्भीर रोग घातक पनि हुनसक्ने भएकाले यस अंगको स्वास्थ्यमा विशेष ध्यान दिन स्वास्थ्य विज्ञहरूले सबैलाई सल्लाह दिन्छन् ।
कलेजोमा क्षति पुर्याउने सबैभन्दा ठूलो जोखिम देखिएका चीजमध्ये रक्सी प्रमुख छ । तर कलेजोका लागि हानिकारक मदिराजस्ता अर्को चीजको सेवनमा पनि सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन् ।
मदिराले कलेजोमा हुने समस्याका बारेमा धेरै अध्ययनले सचेत गराएको छ । मदिराको अत्याधिक सेवनले कलेजो सिरोसिस र कलेजो फेल हुने जस्ता समस्या पनि निम्त्याउन सक्छ । अध्ययनकर्ताको टोलीले रक्सीजस्तै धेरै चिनी सेवन गर्ने व्यक्तिमा पनि कलेजोसम्बन्धी गम्भीर रोग हुने खतरा बढेको पत्ता लगाएको छ ।
चिनीले हृदयरोग, मेटाबोलिक सिन्ड्रोम, फ्याटी कलेजो रोग र मोटोपनको जोखिम बढाउने देखाएको छ । र, यसले गम्भीर कलेजो रोगहरूको जोखिम पनि बढाउँछ ।