काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले पुष्पलाल मध्यपहाडी राजमार्गको संकल्प यात्रा अभुतपूर्वरुपमा सफल भएको बताउनु भएको छ ।
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीमा रही यात्रामा सहभागी हुनुभएका स्थायी कमिटी सदस्य ढकालले अन्य दलले सपनामा पनि देख्न नसकेको मध्यपहाडको करिब १८ सय किलोमिटर लामो संकल्प यात्रालाई एमालेले अभुतपूर्वरुपमा सफल बनाएको बताउनु भयो ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गरी एमाले अध्यक्ष ओलीको नेतृत्वमा मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेको भन्दै ढकालले अरुले सोच्न पनि नसकेको काम एमालेले पार गरेर देखाएको प्रष्ट पार्नुभयो ।
नेकपा एमालेले आयोजना गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सन्दर्भमा कुराकानी गर्दै स्थायी कमिटी सदस्य ढकालले केपी ओलीको केवल सपना मात्रै हो भन्नेलाई अध्यक्षकै नेतृत्वमा यात्रा पूरा गरेर जवाफ दिएको बताउनुभयो । ‘मान्छेहरूको बुझाई यो केपी ओलीको सपना मात्रै हो, यत्रो कहाँ हिँड्न सक्नुहुन्छ, उहाँले कसरी नेतृत्व गर्न सक्नुहुन्छ भन्ने थियो, यो अविरल यात्राको नेतृत्व केपी ओलीले जुन ढङ्गले गर्नुभयो, दुनियाँ त्यसैमा तीनछक परेको छ’, ढकालले भन्नुभयो ।
नेकपा एमालेप्रति यत्रो घेराबन्दी हुँदा, सत्तामा नहुँदा र अरू शक्ति एक ठाउँमा हुँदा यो यात्रापछि भन्न सकिन्छ कि एमालेले पुनर्जीवन प्राप्त गर्यो, एक हिसावले भन्दा एमालेको जीवनमा यो नयाँ रिचार्ज भयो, असन्तुष्ट रहेको नेता कार्यकर्ता पनि अव खुसीका साथ पार्टी काममा लाग्ने बातावरण बनायो
समाजमा उठेका विभिन्न खालका प्रश्नको पनि यो यात्राले जवाफ दिएको र मुलुकको सवैखाले समस्याको पहिचान गर्न सहयोग मिलेको ढकालले बताउनुभयो । राजनीतिक दलका गतिविधि कम हुँदा पुर्नउत्थानवादी शक्तिहरू हाम्रा दिन आएकी भनि आशावादी हुन लागेको बेला यो यात्राले उनीहरूलाई थला पारिदिएको ढकालको भनाई छ ।
ढकालले यात्राले गणतन्त्रबिरोधी हर्कत गर्नेहरुको अभियानलाई पनि निस्तेज पारेको बताउनु भयो । संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र माथि जुन खालको प्रश्न उठाउने प्रयत्न गरिएको थियो, यात्राले त्यसलाई चिरेको र अन्त्य गरेको उहाँको भनाइ छ । पुराना दल प्रति जनताको आकर्षण छैन भन्ने भ्रमलाई पनि यात्राले चिरेको उहाँले स्पष्ट पार्नुभयो ।
पुराना दलप्रति जनताको आकर्षण छैन भन्ने समाजमा भ्रम सिर्जना गर्न खोजिएको थियो, विकास र समृद्धिको मुद्दा बोकेर अगाडि बढ्नु पर्छ, पुराना दलहरू इतिहास भएका, योगदान भएका दलले नै जनताको मनोविज्ञानको नेतृत्व गर्न सक्छन् भन्ने कुरा पनि यस पटकको हाम्रो भ्रमणबाट स्थापित गरेका छौँ’, ढकालले भन्नुभयो ।
मध्उपहाडी यात्राबाट एमालेलाई पुनर्जीवन प्राप्त भएको पनि उहाँले बताउनु भयो । कतिपय असन्तुष्टि र कुरा काट्नेलाई पनि यो अभियानमा लागिनँ भने म छुट्ने भएँ भन्ने परिस्थिति सिर्जना गरेको ढकालले बताउनुभयो । ‘नेकपा एमाले प्रति यत्रो घेराबन्दी हुँदा, सत्तामा नहुँदा र अरू शक्ति एक ठाउँमा हुँदा यो यात्रापछि भन्न सकिन्छ कि एमालेले पुनर्जीवन प्राप्त गर्यो, एक हिसावले भन्दा एमालेको जीवनमा यो नयाँ रिचार्ज भयो, असन्तुष्ट रहेको नेता कार्यकर्ता पनि अव खुसीका साथ पार्टी काममा लाग्ने बातावरण बनायो’, ढकालले भन्नुभयो ।
केपी ओलीको नेतृत्वमा एकताबद्ध र अखण्डित एमाले रहेको सन्देश पनि यात्राले दिएको उहाँले बताउनु भयो । यस्तै विकासका निम्ति, समृद्धिका निम्ति के गर्नुपर्ने रहेछ भन्ने आधार पनि यात्राले तयार गरेको उहाँको भनाइ छ । त्यस्तै नयाँ विकासको आयमा कोर्न यो यात्राले सहयोग गरेको ढकालले बताउनुभयो ।
यात्राको क्रममा जनताले अति धेरै माया र सम्मान जाहेर गरेको ढकालले बताउनुभयो । यस पटकको उत्सवमा मानिसहरू तिहारमा दाजुभाइलाई सिँगार्न जत्तिकै माला बनाउन समर्पण भावले लाग्नुले पनि नागरिकको एमाले पार्टी अध्यक्ष र पार्टीप्रतिको लगावलाई प्रमाणित गरेको उहाँले दाबी गर्नुभयो ।
मान्छेहरूको बुझाई यो केपी ओलीको सपना मात्रै हो, यत्रो कहाँ हिँड्न सक्नुहुन्छ, उहाँले कसरी नेतृत्व गर्न सक्नुहुन्छ भन्ने थियो, यो अविरल यात्राको नेतृत्व केपी ओलीले जुन ढङ्गले गर्नुभयो, दुनियाँ त्यसैमा तीनछक परेको छ
मुलुकमा सामाजिक एकता र सद्भाव कायम गर्न पनि यात्रा सफल भएको ढकालको बताउनुभयो । त्यसको दृष्टान्तको रूपमा सांस्कृतिक कार्यक्रम र सत्कारलाई हेर्न सकिने उहाँले बताउनुभयो । दिउँसो बोलाइएको सभामा रातीसम्म पनि कुनै गुनासो नगरी नागरिकहरू बसेको उहाँले सुनाउनुभयो । यसले जनता र पार्टीको सम्बन्ध जोडेको ढकालको भनाइ छ ।
ढकालले यात्राको क्रममा जिल्ला जिल्लामा एमाले अध्यक्ष ओलीप्रति देखिएको आकर्षण सामान्य नरहेको भन्दै सवैमा उहाँप्रति बिशेष आकर्षण गरेको प्रष्ट तस्विर देखिएको बताउनु भयो । ‘हाम्रो पार्टी अध्यक्ष केपी ओलीप्रति जुन क्रेज देखियो, त्यस्तो क्रेज बिरलै नेताप्रति हने गर्दछ, यो यात्रामा त्यो अभुतपूर्व देष्य देखियो,’ ढकालले भन्नुभयो ।