यो यात्रा नेपालको राजनीतिक इतिहासमा कोशेढुंगा हो
विष्णु पौडेल
उपाध्यक्ष नेकपा एमाले
काठमाडौं । हामीले बैतडीको झुलाघाटबाट मंसिर १४ गते राष्ट्रिय झण्डा फहराएर सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा पाँचथरको चिवाभञ्ज्याङसम्म पुगेर पुस १ गते राष्ट्रिय झण्डा फहराएर समापन भएको छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको यो यात्रा मुख्य गरेर हामीले समृद्धिका लागि संकल्प यात्रा नाम दिएर गरेका थियौँ । त्यसको तात्पर्य के हो भने हामीले संविधान निर्माण भएपछि राजनीतिक परिवर्तनका उपलब्धीहरुलाई संवैधानिक रुपले संस्थागत गर्यौ । अब मुलुकलाई समृद्धि चाहिएको छ । विसका चाहिएको छ । सामाजिक न्याय चाहिएको छ । त्योसँगै आर्थिक र सामाजिक दृष्टिले जनताको जीवनस्तरमा परिवर्तन गर्नुपर्ने छ । हो, त्यहि परिवर्तनको संकल्पका लागि हामीले यो यात्रा गरेका हौँ ।
मुलुकमा आर्थिक, सामाजिक रुपान्तरणको परिवर्तनसँगै जनताको खुशी जीवन दिनसक्ने कुराको नेतृत्व नेकपा एमाले बाहेक अरु राजनीतिक दलले दिन सक्दैनन् । हामी यहि सन्देशसहित समृद्धिका लागि संकल्प यात्रा लिएर जनताका बिचमा गएका हौँ । यो यात्रा नेपालको राजनीतिक इतिहासका लागि एउटा कोशेढुंगा हो । मेरो बुझाई के छ ? भने इतिहासकारहरुले नेपालको राजनीतिक इतिहासमा यो घटनालाई विर्सिएर इतिहास पूरा भयो भन्न सक्ने छैनन् । नेपालको इतिहासमा विशेष खालको घटनाका रुपमा यो यात्रालाई अंकित गरिने छ भन्ने मलाई लाग्छ ।
हामीले यो यात्राका क्रममा सबै भन्दा पहिला स्थलगत रुपमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग र त्यस आसपासका क्षेत्रहरुमा भौतिक पूर्वाधारको अवस्था कस्तो छ ? विकासको अवस्था कस्तो छ ? शिक्षा, स्वास्थ्यको क्षेत्रमा कस्तो छ ? रोजगारी, कृषिको क्षेत्रमा कस्तो छ ? समस्या के–छ ? यी सबै कुरालाई प्रत्यक्षरुपमा अवलोकन गर्ने अवसर प्राप्त गरेका छौँ ।
हामीले यो यात्राका क्रममा सबै भन्दा पहिला स्थलगत रुपमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग र त्यस आसपासका क्षेत्रहरुमा भौतिक पूर्वाधारको अवस्था कस्तो छ ? विकासको अवस्था कस्तो छ ? शिक्षा, स्वास्थ्यको क्षेत्रमा कस्तो छ ? रोजगारी, कृषिको क्षेत्रमा कस्तो छ ? समस्या के–छ ? यी सबै कुरालाई प्रत्यक्षरुपमा अवलोकन गर्ने अवसर प्राप्त गरेका छौँ ।
हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा पदाधिकारी, सचिवालय, स्थायी कमिटी, पोलिट्ब्युरो, विभाग र जनवर्गीय संगठनका नेता–कार्यकर्ताले एकैसाथ ती ठाउँको अवलोकन गरेका छौँ । त्योसँगै हामीले यात्राका क्रममा फरक–फरक समूह बनाएर ती ठाउँको अवलोकन गर्ने काम पनि यात्राका क्रममा गरेका छौँ । परिस्थितिलाई एक समान ढंगले बुझ्ने काम हामीले यो यात्रामा गरेका छौँ । यस क्रममा जनतासँग विभिन्न राजनीतिक दलहरुसँग, विभिन्न संघ–संस्थासँग प्रत्यक्षरुपमा संवाद पनि गरेका छौँ । राजनीतिक दलहरुले के सोचिरहेका छन् ? संघ–संस्थाहरुले के सोचिरहेका छन् ? नागरिकहरुले के सोचिरहेका छन् ? उनीहरुका आशा, अपेक्षा र माग के–छन् ?सुझावहरु के–छन् ? ती सबै कुरालाई हामीले प्रत्यक्ष रुपमा सुनेका छौँ ।
नेकपा एमाले नेतृत्वको सरकारका पालामा विकासका अभियानलाई तिव्रताका साथ अघि बढाएको थियो । त्यो भौतिक विकास, सामाजिक विकासको प्रश्न, मानवीय विकासको प्रश्नलगायतमा गरेको तिव्र विकासको गति लिएको थियो । नेकपा एमाले सरकारबाट बाहिरिएसँगै विकासका सबै पक्षको ओरालो गति सुरुभयो । भौतिक र मानवीय दुबै विकासमा एमालेले नेतृत्व गरेको सरकारपछिका सरकारले मुलुकलाई ओरालो गतिमा ल्याए भन्ने कुरालाई यो यात्राका क्रममा प्रत्यक्ष देख्ने, बुझ्ने र त्यहाँका जनताबाट प्रत्यक्ष सुन्ने अवसर पनि पायौँ ।
हामी यो यात्राको अनुभवलाई विशेष रुपमा त्यहाँका जनताले यो पार्टी, उ पार्टी, यो दल, उ दल, यो समूदाय, उ समूदाय होइन सबैमा नेकपा एमाले प्रति असाधारण अपेक्षा, भरोसा र आकर्षण रहेको हामीले पायौँ । मुख्य गरेर यो यात्रामा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीप्रति वृद्धवृद्ध, बालबालिका, वयस्क नागरिक, युवा–युवती, किशोर–किशोरी सबै उमेर समूहका नागरिकहरुमा असाधारण आकर्षण रहेको हामीले पायौँ ।
आम मानिसहरुले नेकपा एमालेको हातमा यो मुलुकको नेतृत्व जानुपर्छ र केपी शर्मा ओलीले मुलुकको नेतृत्व गरेको अवस्थामा मात्रै हामीले भोगेका समस्या समाधान हुनेछन् । अनि मात्रै देशमा सुख–शान्ति मिल्ने छ । मुलुकले समृद्धिको यात्रा तय गर्ने छ भन्ने आशा, विश्वास, भरोसा र अपेक्षा रहेको पनि हामीले पायौँ । यसलाई हामीले एमालेको महत्वपूर्ण पुँजिका रुपमा ग्रहण गरेर टेबुलमा राखेर विश्लेषण गरेर आउँदा दिनका निर्णयहरुमा नयाँ ढंगले सुत्रिकृत गरेर कार्यान्वयन गर्ने सन्दर्भमा योजना बनाएर अघि बढ्ने छौँ ।
आम मानिसहरुले नेकपा एमालेको हातमा यो मुलुकको नेतृत्व जानुपर्छ र केपी शर्मा ओलीले मुलुकको नेतृत्व गरेको अवस्थामा मात्रै हामीले भोगेका समस्या समाधान हुनेछन् । अनि मात्रै देशमा सुख–शान्ति मिल्ने छ । मुलुकले समृद्धिको यात्रा तय गर्ने छ भन्ने आशा, विश्वास, भरोसा र अपेक्षा रहेको पनि हामीले पायौँ
हामीले यात्राका क्रममा जनताबाट जुन खालको साथ, सहयोग, प्रेरणा र समर्थन प्राप्त गरेका छौँ । त्यसबाट हामी असाधारण उत्साहित भएका छौँ । हामीले आउने निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गर्नेछ भनेर हामीले भन्दै आएका छौँ । यो अभियानका क्रममा हामीले जनताबाट जुन प्रकारको समर्थन प्राप्त गरेका छौँ । यो समर्थनले नेकपा एमालेलाई आउने निर्वाचनमा एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन ।
त्यसका लागि नेपाली जनता तयार भएर बसका छन् भन्ने पुष्टि गरिदिएको छ । समग्रमा भन्ने हो भने यो नेकपा ९एमाले०ले आफ्ना विचार जनताका बिचमा राख्नका लागि र जनता अनि समूदायका आवाज सुन्नका लागि गरेको यात्रा हो । त्योसँगै यो यात्रा त्यहाँको भौतिक पूर्वाधार र विकासको प्रत्यक्ष जानकारी लिनका लागि पनि सञ्चालन गरेका हौँ ।
मध्यपहाडको एमाले यात्रा मनोवैज्ञानिक प्रभावमा सबै नेपालीको यात्रा भन्ने भयो
शंकर पोखरेल
महासचिव, नेकपा एमाले
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन ग¥यौँ । मध्यपहाडी राजमार्गको झन्डै १८ सय किलोमिटर लामो राजमार्ग कस्तो अवस्थामा छ रु र त्यसको कसरी सुधार गर्न सकिन्छ रु भन्ने उद्देश्य पनि हाम्रो थियो । हामीले प्राविधिकहरूलाई ‘रोड अडिट’ पनि गर्न लगाएका थियौँ । उहाँहरूले अध्ययन गर्नुभएको छ । हाम्रो सोच के–हो भने मध्यपहाडलाई मुलुकको समृद्धिसँग जोड्ने हो भने मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाई घटाउन सक्नुपर्दछ भन्ने हो ।
करिब चार सय किलोमिटर लम्बाइ घटाउने सम्भावनाका बारेमा अध्ययन गर्नुपर्छ भनेर प्राविधिकहरूलाई भनेका छौं । यो यात्राले के देखायो भने मध्यपहाडी राजमार्गको कतिपय ठाउँमा निर्माणको काम अझै हुन सकेको रहेनछ । खासगरी पश्चिम क्षेत्रको खण्डमा लगभग निर्माणसम्पन्न भएको रहेछ । धनगढीदेखि दैलेखसम्मको खण्डको निर्माण मोटामोटी सकिएको रहेछ । जाजरकोटमा केही बाँकी रहेको पायौँ । भेरी नदीमा पुलको अभावले यात्रा अलि घुमाउरो बन्न पुग्यो ।
रूकुम पश्चिमबाट बागलुङ खण्डको एउटा निश्चित हिस्सा राम्रैगरी बनेको र केही भाग बन्न बाँकी रहेको पायौँ । गोरखा, धादिङ, सिन्धुपाल्चोकमा राजमार्ग निर्माणको चरणमा रहेछ । यता हलेसी खण्डमा सिंगल लेन मात्रै रहेछ । त्यो खण्डमा सडक बिग्रेको अवस्थामा पायौँ । खोटाङ, भोजपुर खण्डको अवस्था पनि राम्रो देखियो । धनकुटा पनि राम्रै रहेछ । तर तेह्रथुम खण्डमा धेरै समस्या रहेछ । पाँचथर खण्डमा चिवाभञ्ज्याङ जानेतिर ट्याक मात्रै खोलिएको रहेछ । निर्माण बाँकी रहेको अवस्थामा हामीले यात्रा गरेको हुनालेकच्ची सडकमा लामो यात्रा कति कठिन हुन्छ भन्ने हामी सबै भुक्तभोगी नै बन्यौँ ।
यात्राको सुरुमा धेरैले हाम्रो पार्टी अध्यक्ष यात्राका क्रममा उद्घाटन गरेर फर्किनुहुन्छ होला भन्ने अनुमान गरेका थिए । तर, उहाँले सुरुदेखि नै यात्रा पूरा गर्छु, सबै ठाउँ पुग्छु भन्नुभएको थियो, संकल्प गर्नुभएको थियो । उहाँले यात्रा पूरा गर्नुभयो । यात्राका क्रममा उहाँ सबै क्षेत्रमा पुग्नुभयो । त्यसक्रममा हामीले देख्यौँ, जनताको पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीप्रतिको आस्था, विश्वास र समर्पणभाव अभूतपूर्व रूपमा प्रकट भयो ।
यात्राको सुरुमा धेरैले हाम्रो पार्टी अध्यक्ष यात्राका क्रममा उद्घाटन गरेर फर्किनुहुन्छ होला भन्ने अनुमान गरेका थिए । तर, उहाँले सुरुदेखि नै यात्रा पूरा गर्छु, सबै ठाउँ पुग्छु भन्नुभएको थियो, संकल्प गर्नुभएको थियो । उहाँले यात्रा पूरा गर्नुभयो । यात्राका क्रममा उहाँ सबै क्षेत्रमा पुग्नुभयो । त्यसक्रममा हामीले देख्यौँ, जनताको पार्टी अध्यक्ष (केपी शर्मा ओली) र पार्टीप्रतिको आस्था, विश्वास र समर्पणभाव अभूतपूर्व रूपमा प्रकट भयो ।
खासगरी बालकालिकाहरू, जसलाई हामी अत्यन्त ‘इनोसेन्ट’ हुन्छन् भन्छौँ, मान्छौँ, उनीहरूमा सम्भवतः सोसल मिडियाको प्रभावले हुनसक्छ, कतिपय गैरराजनीतिक परिवारका, फरक राजनीतिक आस्था भएका परिवारका बालबालिका पनि परिवारसँग जिद्दी गरेर पनि अध्यक्ष (ओली) लाई भेट्न आएको फायौँ । यसले हाम्रो पार्टी अध्यक्षप्रतिको बालबालिकाको ‘क्रेज’ बताएको छ ।
एक त पार्टी अध्यक्ष आफैँ बालबालिकालाई धेरै माया गर्नुहुन्छ । यात्राका क्रममा के पायौँ भने उहाँप्रति बालबालिकाको आकर्षण अभूतपूर्व रहेछ । वृद्धवृद्धाहरू चिसो मौसममा पनि तीन चार घन्टासम्म प्रतीक्षा गरेर भए पनि भेटिछाड्ने अठोटमा रहेको पायौँ । राति नौ–दस बजेसम्म पनि उहाँहरू सडकमा उभिइरहेको फायौँ । यसले बृद्धबृद्धामा पनि अध्यक्षप्रतिको आकर्षण रहेको प्रष्ट पारेको छ ।
यो यात्राको क्रममा नजिक आउन खोज्ने, माला लगाइदिन खोज्ने, आफ्ना कुरा राख्न खोज्ने, एक प्रकारको हुटहुटी यति ज्यादा प्रकट भएको अनुभूति ग¥यौँ कि, एउटा जिल्लाका साथीहरू घरपरिवारमा बाआमाहरू र परिवारका सदस्यमा विवाद सुरु भएको छ भन्दै हुनहुन्थ्यो । उहाँहरू ‘मलाई किन त्यहाँ लगिनस’ भनेर गुनासो गर्ने स्थिति उत्पन्न भएको छ भन्नुहुन्थ्यो । यसले हाम्रो यात्राप्रतिको आम आकर्षण देखाउँछ ।
हामीले हरेक दिन बिहान ८ बजे यात्रा सुरु गर्ने र ५ बजेसम्म सक्ने योजना बनाएका थियौँ । ठूलो टोलीको पहाडी क्षेत्रमा व्यवस्थापन असहज होला भन्ने लागेर त्यस्तो योजना बनाइएको थियो । तर, जनताको सहभागिता र प्रतीक्षाले कार्यक्रम यति थपिए कि, योजना अनुसार मात्रै गर्छु भन्ने अवस्था नै रहेन । जनता सडकमा आइसकेपछि यो तय भएको कार्यक्रम होइन भन्ने अवस्था नै रहेन ।
जनतालाई सम्बोधन गर्नपथ्यो, सम्बोधन गर्दै जाँदा धेरैतिर राति साढे दस बजेसम्म पनि औपचारिक कार्यक्रम गर्नुप¥यो, हामीले ग¥यौँ पनि । नुवाकोटमा अध्यक्षले सम्बोधन गर्दा रातको साढे दस बज्यो । रामेछापमा पनि सवा दस नै बजेको थियो । जाडो मौसममा रातिको समयमा पनि उत्साहका साथ सहभागी भएको फायौँ । एक प्रकारले भन्दा सिंगो मध्यपहाडी क्षेत्र हाम्रो यात्रासँग प्रभावित भयो ।
अध्यक्षको नेतृत्वमा रहेको हाम्रो यात्रामा पार्टी नेतृत्वका प्रायः सबै सहभागी थियौँ । पदाधिकारीको सिंगो टिम, व्यवस्थापनमा लाग्नेबाहेकका सबै हिँड्नुभयो । एक प्रकारले सिंगो नेतृत्वको टिम यसरी यात्रा गरेको कुरा सम्भवतः नेपालका लागि विशेष घटना होला भन्ने मलाई लाग्छ । पहाडको यस्तो कठिन यात्रामा सिंगो टिम, हरेस नखाई, नथाकी सामेल भएको दृष्टान्त हो यो भन्ने लाग्छ ।
अर्को सकारात्मक पक्ष के–हो भने यात्रा एमालेको थियो । तर, जिल्लाहरूमा पुग्दै गर्दा यो एमालेको मात्रै रहेन । यात्रा जिल्लामा जाँदा सर्वदलीय, सर्वपक्षीय अपेक्षामा जोडियो । हरेक जिल्लमा टोली पुग्नुअगावै सर्वदलीय बैठक हुने, मागपत्र तयार गर्ने, मागपत्र प्रस्तुत गर्ने श्रृंखला नै चल्यो । यसो गर्नु भन्ने हाम्रो कुनै निर्देशन थिएन । स्वःस्फूर्त रूपमा यस्तो काम जिल्ला–जिल्लामा भए । यात्राको मनोवैज्ञानिक प्रभाव भन्नु नै यो यात्रा हामी सबैको हो भन्ने भएछ ।
अर्को सकारात्मक पक्ष के–हो भने यात्रा एमालेको थियो । तर, जिल्लाहरूमा पुग्दै गर्दा यो एमालेको मात्रै रहेन । यात्रा जिल्लामा जाँदा सर्वदलीय, सर्वपक्षीय अपेक्षामा जोडियो । हरेक जिल्लमा टोली पुग्नुअगावै सर्वदलीय बैठक हुने, मागपत्र तयार गर्ने, मागपत्र प्रस्तुत गर्ने श्रृंखला नै चल्यो । यसो गर्नु भन्ने हाम्रो कुनै निर्देशन थिएन । स्वःस्फूर्त रूपमा यस्तो काम जिल्ला–जिल्लामा भए । यात्राको मनोवैज्ञानिक प्रभाव भन्नु नै यो यात्रा हामी सबैको हो भन्ने भएछ
यात्रामा सहभागी हुने हरेकले आफ्नो समस्या प्रस्तुत गर्ने चाहनाअनुसार सहभागी भएको पाइयो । सामूहिक समस्याका विषयमा धेरैले आफ्ना समस्या र योजना सुनाए । धेरैतिर रोडको कुरा, एलाइनमेन्टका विषय, मुआब्जाका विषयहरू र हल नभएका विषयहरूमा सहभागीले अपेक्षा र गुनासो राखे । आफ्नो जिल्लाको विकासका सन्दर्भमा, प्रदेशको विकासको सन्दर्भ ।
यात्राको जति चर्चा रह्यो त्योभन्दा ज्यादा प्रभाव रहेको हामीले अनुभव गरेका छौँ । हामीले यात्राका क्रममा ठाउँ विशेषको विकासका सम्भावनाबारे छलफल पनि ग¥यौँ । हामी सरकारमा रहेका बेला यो मार्ग आधारित स्मार्ट सिटीको अवधारणा पेस गरेका थियो । त्यसबारे पनि बुझ्ने, जनभावना बुझ्ने काम भयो । तर, ती काम जुन गतिमा हुनुपर्थ्यो, अवस्था त्यस्तो हामीले पाएनौँ ।
हामीले सरकार छाडेपछि मध्यपहाडी क्षेत्रको विकास रोकिएको पायौँ । मध्यपहाडी पुष्पलाल राजमार्ग आधारित विकासको जे सोच हाम्रो थियो, त्यो हामी हटेपछि ठ्याक्कै रोकिएको अवस्था रहेछ । स्मार्ट सिटीहरूले पहाडको जीवनलाई प्रभाव पार्छ भन्ने थियो । सायद नयाँ सरकारले नबुझेको पनि हुनसक्छ वा राजनीतिक आग्रहले काम गरेको हुनसक्छ । तर, स्मार्ट सिटीहरूको काम हुन जरुरी छ । ती सहरले मध्यपहाडलाई गुल्जार बनाउने छन् । सिंगो मध्यपहाडको गुल्जारपन पनि उत्तिकै जरुरी छ ।
यात्राका क्रममा एउटा सिम्बोलले मात्रै पनि मध्यपहाडको विशेषता बताउँछ भन्ने लाग्छ । हामी यात्रा आरम्भ गर्दा कैलालीको चुरे गाउँपालिका हुँदै ग¥यौँ । त्यहाँबाट सुन्तलाको उत्पादन क्षेत्र हुँदै इलामसम्म आइपुग्दा मध्यपहाडको सबैजसो जिल्लाहरूमा सुन्तलाको पकेट क्षेत्र विकास गर्न सकिने रहेछ भन्ने देखियो । त्यो पनि कस्तो भने, हरेक जिल्लाका सुन्तला हामीले चाख्दै आयौँ । सुन्तला एउटै हो तर त्यहाँको हावापानी र माटोको भिन्नताले स्वादमा परिवर्तन हुने रहेछ । हामीले अन्तर अनुभव ग¥यौँ । उच्च भागहरूमा स्याउबाट स्थानीयले स्वागत गरेको, स्याउको बागबानी निर्माण गरिहरेको पायौँ । यो अनुभव पनि जीवन्त अनुभव रह्यो ।
मध्यपहाडी क्षेत्रको विकासको कुरा गर्दा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको काम एमाले सरकारमा हुँदा सुरु भएको थियो । यसपटक हामीले त्यसबारे पनि बुझ्यौँ । भेरी बबई, सुनकोसी मरिण डाइभर्सनबारे पनि बुझ्यौँ । दुवै ठाउँमा काम भइरहेको रहेछ । कतिपय ठाउँमा विकासनिर्माणको काम छिटो हुने तर सरकारले भुक्तानी भने बेलैमा गर्न नसकेको पनि भेटियो ।
चाइनिज वा रसियनहरुले यस्तो अभूतपूर्व अभियान चलाएको भए क्रान्तिको गाथा बन्थ्यो
योगेश भट्टराई
सचिव नेकपा एमाले
पुष्पलाल (मध्यपहाडी) लोकमार्ग एक प्रकारले भन्ने हो भने विशेष खालको अध्ययन भ्रमण जस्तो भयो । मध्यपहाडी लोकमार्ग नेकपा एमालेकै सरकारका पालामा २०६५–०६६ सालबाट निर्माणक्रम सुरु भएको हो । त्यसलाई हामीले पुष्पलाल मध्यपहाडी लोकमार्ग भन्यौँ । यो वर्ष हाम्रो पार्टीको स्थापनाको ७५ वर्षगाँठ पनि हो । कम्युनिष्ट पार्टी स्थापर्ना मुख्य नेता पुष्पलाल हुनुहुन्थ्यो । उहाँकै सम्मानमा उहाँको नाममा पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम राखिएको हो ।
महाभारत श्रृंखला भन्दामाथि मध्य पहाडका २६ जिल्ला जोड्ने गरी रेखाङ्कन भएको पुष्पलाल मध्यपहाडी लोकमार्ग करीब १ हजार ८ सय ७९ किलोमिटरको लम्बाईमा रहेको छ । पूर्वमा भारतको सिक्किम राज्य र पश्चिमा भारतकै उत्तराखण्डसँग जोडिएको यो लोकमार्गले पूर्व–पश्चिम कनेक्टिभिटी जोड्नका लागि नै यो लोकमार्गको अवधारणा अघि सारेको हो ।
पहिला नेपालमा मेहन्द्र राजमार्ग मात्रै थियो । पछि हुलाकी राजमार्ग थपियो तर त्यसको निर्माण एकदमै सुस्त रह्यो । मध्यपहाडी राजमार्ग नेपालको आर्थिक हिसावले पनि निकै सकारात्मक छ । प्रयाप्त अन्न, फलफूल, तरकारी उत्पादन हुने मध्यपहाडी क्षेत्रमा प्रचुर मात्रामा कृषिको उत्पादन र पशुपालनमा पनि सम्भावना रहेको क्षेत्र हो । जलस्रोतका लागि पनि मध्यपहाडी राजमार्ग निकै ठूलो सम्भवना बोकेको राजमार्ग हो ।
विद्यूत, पर्यटनलगायतका लागि पनि मध्यपहाडमा निकै सम्भावना छन् । तर,पछिल्लो समय विकास जसरी पहाडतिर उक्लिरहेको छ । मानिसहरु झोला बोकेर मधेसतिर झरिरहेका छन् । सामाजशास्त्रले पनि विकास पुगेका ठाउँमा बसाई स्थीर हुन्छ भन्छ । तर, विकास उक्लिदै जाने अनि मानिस तल झर्दै जाने यो अलिक नमिल्दो कुरा भयो । यस्को खास कारण के रहेछ रु भन्ने अध्ययन गर्नु आवश्यक थियो । हामीले यो समृद्धिका लागि संकल्प यात्रामा यो कुराको पनि अध्ययन गर्ने अवसर प्राप्त गरेका छौँ ।
त्योसँगै त्यहाँ भित्रको सामाजिक सम्बन्धका बारेमा पनि हामीले गहन अध्ययन गर्ने अवसर यो यात्राबाट प्राप्त गरेका छौँ । मध्यपहाड भनेको विभिन्न जाति, जनजातिको बसोबास रहेको क्षेत्र हो । यो क्षेत्रमा जाति, जनजातिहरुको बिचमा कस्तो सम्बन्ध छ । त्यो सम्बन्धले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउन कस्तो भूमिका खेलको छ रु यस्ता विषयमा पनि हामीले जनताको घरदैलोसम्म पुगेर बस्ने अवसर प्राप्त गरेका छौँ ।
मध्यपहाड भनेको विभिन्न जाति, जनजातिको बसोबास रहेको क्षेत्र हो । यो क्षेत्रमा जाति, जनजातिहरुको बिचमा कस्तो सम्बन्ध छ । त्यो सम्बन्धले हाम्रो राष्ट्रिय एकतालाई मजबुत बनाउन कस्तो भूमिका खेलको छ रु यस्ता विषयमा पनि हामीले जनताको घरदैलोसम्म पुगेर बस्ने अवसर प्राप्त गरेका छौँ ।
मध्यपहाडी क्षेत्रमा व्यवसायिकता, उद्यमशिलता विकास गर्ने कुरा, रोजगारी सिर्जना गर्ने कुरालाई पनि हामीले अभियानको मुख्य उदेश्य राखेका थियौँ । त्यसकारण यो समृद्धिका लागि संकल्प यात्रालाई सम्बन्ध स्थानीय सन्देश राष्ट्रिय भन्यौँ । २०४६ सालको परिवर्तनपछि स्थानीय समूदायसँग राज्यको सम्बन्ध अलिक चिसो र टाढा भयो । जसका कारण व्यवस्थामाथि नै प्रश्न उठ्यो । लोकतन्त्रमा नागरिक र व्यवस्थाविच घनिष्ठ सम्बन्ध हुनुपर्छ तर त्यस्तो भएन ।
राज्य एकातिर स्थानीय अर्कोतिर भयो । स्थानीयसँग एकता गरेर राष्ट्रिय एकताको मूलधारमा ल्याउनुपर्छ भन्ने उदेश्य पनि यो यात्राको हो । यिनै उदेश्यका साथ हामीले करीब तीन हप्ता लामो यात्रा गरेका हौँ । मध्यपहाडी क्षेत्र अपार सम्भावनाको भण्डार हो । हामीलाई यो कुरा पहिला पनि थाहा थियो । अझ यो यात्राले अझ बढी ज्ञानलाई व्यवहारमा परिवर्तन गर्ने अवसर प्राप्त गरिदियो । हामीसँग जति त्यहाँका बारेमा ज्ञान थियो । त्यहि हिँडेपछि त्यसलाई व्यवहारमा पनि ढाल्न सहयोग पुग्यो ।
एमालेका तर्फबाट हामी हामी मध्यपहाडी क्षेत्रको आर्थिक, सामाजिक समृद्धिको एउटा विशाल परियोजना हामी बनाउँछौँ । यो हाम्रो थेसिस हो । थेसिका लागि हामीले डाटा संकलन गर्यौ । अब हामी त्यसलाई संलेषण गर्छौ, विश्लेषण गर्छौ र यसलाई आकार दिन्छौँ । त्यसपछि तथ्याङकमा मध्यपहाडी क्षेत्रको विशाल सम्भावनाको परियोजना तयार हुन्छ । त्यो हामी सरकारलाई पनि दिन्छौँ । हाम्रो पार्टीको नीति, अध्ययन प्रतिष्ठान छ । त्यहाँ बसेर हामी गृहकार्य गर्छौ ।
अहिले पहिचानका नाममा पनि दुई खालका प्रवृत्तिहरु देखा परेका छन् । त्यो प्रवृत्तिको नेतृत्व गोपाल किँरातीहरुले गरेका छन् । उनीहरु मुलुकका दुश्मन हुन् । पहिचान भित्र फेरि अर्को सकारात्मक पाटो छ । अधिकांश मानिस सकारात्मक छन् । पहिचान भित्र सबै मिलेर बस्नुपर्छ भन्नेहरुको ठूलो मत छ । भाषा, संस्कृति, सभ्यतालाई राज्यले अपनत्व लिनुपर्छ भन्ने सकारात्क धारणा छ ।
त्यसरी सकारात्मक धारणा राख्नेहरुसँग हामी सहकार्य गरेर अघि बढ्छौँ । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो यात्रामा पहिचान पक्षधर भन्ने साथीहरुलाई पनि सम्वोधन गर्नुभएको छ । उहाँले आउनुहोस् राजनीतिक कुरा गरौँ । सहकार्य गरौँ, सँगै अघि बढौँ भन्नुभएको छ ।
एमाले नभएको भए पहिचानको ज्ञारेण्टी गर्ने यत्तिको संविधान बन्ने थिएन भनेर भन्नुभएको छ । त्यस्तो संविधान ल्याउने पार्टीसँग झगडा गरेर समाधान हुँदैन भन्नुभएको छ । कतिपय खराव तत्व छन् । उनीहरुसँग हाम्रो मतलव छैन ।
चाइनिज वा रसियनहरुले यो खालको अभूतपूर्व अभियान चलाएको भए क्रान्तिको गाथा बन्थ्यो होला । हामी सानो मुलुकको कम्युनिष्ट पार्टीले गरेको भएर अलिक सानो गाथा बन्ला तर नेपालको सन्दर्भमा नेपालको पजातान्त्रिक आन्दोलनको हिसावले यो ऐतिहासिक घटनाक्रम हो ।
यसरी हेर्ने हो भने यो अभियानले हिमाल, पहाड, तराईलाई प्रगाढ बनाउने काम पनि गरेको छ । त्योसँगै मध्यपहाडी क्षेत्रमा नयाँ ढंगले विकास र समृद्धिको आधारहरु के–हुन रु त्यसमा राज्यले अनि प्रतिपक्षको हैसियतमा हाम्रो पार्टीले के गर्नुपर्छ भन्ने समग्र ज्ञानलाई अझै फराकिलो बनाएको छ ।
नेपालको सन्दर्भमा यो निकै ठूलो उपलब्धी हो । यति ठूलो पार्टीको यति ठूलो नेतृत्वका्े टिम करीब तीन हप्ता लगाएर एकदम तल्लोतहसम्म पुगेर अन्तरक्रिया गरेर उनीहरुका मागपत्र बुझेर, उनीहरुका भावना बुझेर गरेको नेपालको सन्दर्भमा यो पहिलो अभियान हो । यो ऐतिहासिक क्षण पनि हो । चाइनिज वा रसियनहरुले यो खालको अभूतपूर्व अभियान चलाएको भए क्रान्तिको गाथा बन्थ्यो होला । हामी सानो मुलुकको कम्युनिष्ट पार्टीले गरेको भएर अलिक सानो गाथा बन्ला तर नेपालको सन्दर्भमा नेपालको पजातान्त्रिक आन्दोलनको हिसावले यो ऐतिहासिक घटनाक्रम हो ।