बसन्तपुर (तेह्रथुम) । नेकपा (एमाले) ले गत मंसिर १४ गते बाट सञ्चालन गरिरहेको मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राको क्रममा तेह्रथुमको बसन्तपुर वजारमा विशाल जनसभाको आयोजना हुने भएको छ । जनसभालाई पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले सम्वोधन गर्नेछन् ।
एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्गर्तत अभियानको १५ औं दिन आगामी मंसिर २८ गते बसन्तपुर वजारमा हुने विशाल जनसभामा १५ हजार वढी सहभागी गराउने नेकपा (एमाले) कोशी प्रदेश कमिटीका प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए । शनिबार बसन्तपुरमा सम्पन्न तयारी बैठकले तेह्रथुम, धनकुटा, संखुवासभा, सुनसरी र मोरङ सहित जिल्लाका १५ हजार वढी नेता कार्यकर्ताको सभागीता गराउने निर्णय गरेको छ । सभालाई व्यवस्थित गर्न ५ सय स्वयम सेवक परिचालन गर्ने लगायतका निर्णय गरीएको एमाले कोशी प्रदेश सचिवालय सदस्य समेत रहेका प्रचार विभाग प्रमुख तिवारीले जानकारी दिएका छन् ।
बैठकले बसन्तपुरमा हुने सभालाई भव्य र व्यवस्थित वनाउन कोशी प्रदेश कमिटीका उपाध्यक्ष टिकाराम चेम्जोङको संयोजकत्वमा लक्ष्मण तिवारी सहसंयोजक रहेको १ सय १ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरेको छ । समितिले बसन्तपुरमा हुने विसाल जनसभाको सम्पुर्ण व्यवस्थापन गर्नेछ । जिल्लाका अर्का युवा नेता बाबुराम थापाको संयोजकत्वमा ११ सदस्यीय स्वयम सेवक उपसमिति गठन गरीएको छ । त्यस्तै पार्टीका सचिवालय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिंचाई विभाग प्रमुख मोहन कुमार डाँगीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उप समिति गठन गरीएको छ । जिल्ला समन्वय समितिका पुर्व प्रमुख समेत रहेका पार्टीका जिल्ला सचिव शिव प्रसाद ढुंगानाको संयोजकत्वमा स्वास्थ्य उप समिति गठन भएको एमाले कोशी प्रदेश कमिटि सदस्य प्रकास श्रेष्ठले जानकारी दिए ।
बैठकले कोशी प्रदेशको विकास र समृद्धिका लागि कोशी प्रदेशमा रहेका पार्टीका केन्द्रीय तहका नेताको परामर्शमा दिर्घकालिन महत्व राख्ने खाका तयार पार्नका लागि एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडालाई जिम्मेवारी दिइएकोछ । यसरी तयार पारीएको कोशी प्रदेशको विकास र समृद्धिको खाका मंसिर २८ गते बसन्तपुरमा हुने जनसभामा पार्टी अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी ओली समक्ष प्रस्तुत गर्ने एमालेले पार्टीका प्रचार विभाग प्रमुख तिवारीले वताए ।
मध्य पहाडी लोकमार्ग अभियानका क्रममा हुने हरेक सभाहरुमा पार्टीका सबै जनसंगठनहरुलाई परिचालन गरिएको एमालेले जनाएको छ । सभामा विभिध जातीय झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने प्रदेश कमिटि अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए । कोशी प्रदेश अन्तर्गत मध्य पहाडी लोकमार्गका सडकहरु घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङलुङ, संक्राति बजार, छातेढुगा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने र हरेक कार्यक्रममा स्वयम सेवकले प्रत्यक्ष निगरानी राख्ने र सम्पूर्ण कार्यक्रमको सुरक्षामा स्वयम सेवक परिचालन हुने कोशी प्रदेश कमिटि सदस्य समेत रहेका स्वयम सेवक उपसमितिका संयोजक बाबुराम थापाले जानकारी दिए ।
यात्राका क्रममा स्थानीय जनताका समस्या, विकासको अवस्था, पार्टी प्रतिको गुनासा लगायतको सुनुवाई केन्द्रीय नेताले गर्नेछन् । पहाडी क्षेत्रका जनताको समस्या सुनसकेपछि यि समस्या समाधानका लागि सहकार्य गर्न एमालेले गत मंसिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट संकल्प यात्रा शुरु गरेको हो ।
बैतडीको झुलाघाट बाट सुरु भएको १९ औँ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेर टुंगिने संकल्प यात्रामा एमालेले मध्यपहाडी लोकमार्गमा पर्ने २६ जिल्लाका नागरिकसँग प्रत्यक्ष भलाकुुसारी गर्दै, अभियानलाई राष्ट्रिय शक्तिको रूपमा प्रयोग गर्ने र राष्ट्र निर्माणका लागि योजना बनाउने जनाएको छ ।
विभिन्न स्थानमा सभा, अन्तक्र्रिया र स्थानीय सँग भेटघाटको कार्यक्रम रहेको यात्रा २ पुसमा लोकमार्गको पूर्वी बिन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर समाप्त हुनेछ ।
झुलाघाट देखि चिवाभञ्ज्याङ सम्म मध्यपहाडी लोकमार्गको दूरी १ हजार ७ सय ७९ किलोमिटर छ । २६ जिल्लामा हुने यो यात्रालाई अध्यक्ष ओलीले ‘जाडो महिनाको गरम अभियान’ नाम दिएका छन् ।