विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य पदका लागि अनेरास्ववियुका युर्व केन्द्रीय सदस्य युवा नेता प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन् । युवा नेता श्रेष्ठले एमाले कोशी प्रदेश युवा भुगोल खुल्ला सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
०५८ सालबाट अनेरास्ववियु वसन्त मावि वसन्तपुरको मावि कमिटीमा संगठित भई राजनीतिमा होमीएका श्रेष्ठ अनेरास्ववियुको ईलाका कमिटी अध्यक्ष हुंदै, जिल्ला कमिटि तेह्रथुमको तीन कार्यकाल सम्म सदस्य, उपचिव, आयोजक कमिटी सचिव, उपाध्यक्ष हुंदै ०७२ सालमा अध्यक्ष वनेका थिए ।
श्रेष्ठ संग ०७० मा अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य, (०७२–०७९ ) अनेरास्ववियुको केन्द्रीय कमिटीमा निर्वाचित भई सचिवालय सदस्य र स्थायी कमिटी सदस्य भई काम गरेको अनुभव छ । ०६५ सालदेखि ०७० सम्म तत्कालीन वसन्तपुर गाउँ कमिटीको उपसचिव भएर काम गरेका श्रेष्ठ नेकपा एमाले लालीगुराँस नगर कमिटीको सचिवालय सदस्य, ०७३ मा नेकपा एमाले जिल्ला कमिटी तेह्रथुमको निर्वाचन कमिटी उपाध्यक्ष, ०७८ सालदेखी हाल सम्म जिल्ला कमिटी सदस्य छन् ।
प्रेस चौतारी नेपाल जिल्ला कमिटी तेह्रथुमको सचिव हुदैँ राष्ट्रिय पर्यटन व्यवसायी संगठनको कोशी प्रदेश कमिटी सचिवालय सदस्य भई काम गरेको अनुभव पनि श्रेष्ठ संग छ । निडर र हक्की स्वभावका युवा नेता श्रेष्ठ युवा पुस्ता माझ निकै लोकप्रीय छन् । जस्तो सुकै अवस्थामा पनि पार्टीलाई अगाडी वढाउने कार्यमा लागी पर्दै आएका श्रेष्ठ सुचना प्रविधिको क्षेत्रमा समेत राम्रो दखल राख्छन् । जुझारु, नेतृत्वदायी क्षमता भएका तथा कुशल संगठकको रुपमा युवा नेता श्रेष्ठले खेलेको भुमिका पार्टी भित्र चर्चा हुने गरेको छ ।
पार्टीमा युवा पुस्ताको उपस्थिती बलीयो वनाउनु पर्छ भन्ने आवाज उठाउदै आएका युवा नेता श्रेष्ठले यस पटक भने प्रदेश कमिटी सदस्यमा आफैले उम्मेदवारी दिएर पार्टी राजनीतिमा होमीएका छन् । विद्यार्थी राजनीति बाट उदाएका युवा नेता श्रेष्ठको उम्मेदवारीलाई पार्टीमा निकै चासोको रुपमा हेरीएको छ । सुचना प्रविधिको क्षेत्रमा समेत राम्रो ज्ञान भएका युवा नेता श्रेष्ठले पार्टीका हरेक कार्यकर्तालाई प्रविधि संग जोढ्ने अभियान पहिल्यै देखी चलाउदै आएका थिए । ‘अवको राजनीतिमा हरेक कार्यकर्ता र पार्टीलाई सुचना प्रविधि संग जोडेर अगाडी वढाउनु पर्छ’ श्रेष्ठले भने ‘त्यही मुद्धा पार्टी भित्र उठाउन पनि यस पटक मेरो उम्मेदवारी हो ।’ उनी संग पर्यटन क्षेत्रको समेत राम्रो अनुभव छ । पार्टी भित्र हुने आन्तरीक राजनीतिमा जहिले पनि आफुले कुनै पनि गुट उपगुटको पक्ष नलिएको र यस्तो कार्यको विरोध गर्दै आएका पनि यो अधिवेशनमा आफ्नो जित सुनिश्चीत रहेको दावी श्रेष्ठको छ ।
एमाले कोशी प्रदेश कमिटीको विराटनगरमा जारी प्रथम महाधिवेशनमा नयाँ नेतृत्वका लागि आइतबार बिहान ११ बजेबाट मतदान हुँदैछ । अध्यक्ष पदमा विनोद ढकाल र घनश्याम खतिवडाको उम्मेदवारी परेको छ । शुक्रबारदेखि सुरु भएको महाधिवेशन शनिबार बाट निर्वाचन प्रक्रिया सुरु भएको हो ।आइतबार बिहान देखि मतदान भई बेलुका सम्म अधिवेशन सम्पन्न गर्ने तयारी रहेको एमालेले जनाएको छ ।
अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिव गरी ५ जना पदाधिकारी सहित २ सय १५ जनाको प्रदेश कमिटी गठन गर्नेछ । सहमतिको प्रयास भईरहेको र विभिन्न कल्स्टर बाट चुनिनु पर्ने भएकाले केही पदमा निर्वाचन हुन सक्ने संभावना रहेको नेताहरुको भनाई छ ।
अधिवेशनमा १ सय ३७ वटा पालिका सहित विभिन्न जनवर्गीय संगठन, दलित, मजदूर प्रतिनिधि गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् ।