तेह्रथुम । गाउँमै कोल्ड स्टोर निर्माण भएर संचालनमा आएपछि म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकाका किसानलाई सहज भएको छ । आफुले उत्पादन गरेको कृषि उपजले अफसिजनमा समेत वढी मुल्य पाउने भए पछि यि दुई स्थानीय तहका ७ हजार वढी किसानलाई फाईदा पुगेको छ ।
४ करोड ४९ लाख रुपैंया लागतमा म्याङलुङ ९ साव्लामा शित भण्डार निर्माण गरीएको हो । भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेश बाट ३ करोड, कियाचु कृषि सहकारी संस्था बाट १ करोड ३४ लाख र म्याङलुङ नगरापलिकाको १५ लाख गरी ४ करोड ४९ लाख लगानीमा १ हजार मेट्रिक टन क्षमताको शित भण्डार निमार्ण गरिएको संस्थाका अध्यक्ष तेजमान कन्दङवाले वताए ।
भण्डार निर्माण पछि खाद्यान्न (चामल, धान, गहुं, मकै), तरकारी (प्याज, आलु, गोलभेंडा, काउली, बन्दा, मुला, गाँजर लगायत) र सबै प्रकारका फलफूल लामो समय सम्म भण्डारण गर्न, प्रशोधित, अर्धप्रशोधित खाद्य तथा पेय जन्य पदार्थ समेत राख्न सजिलो हुने संस्थाले जनाएको छ ।
गाउँमा उत्पादित कृषिजन्य वस्तु सिजनमा सस्तो मूल्यमा बिक्री गर्नुपरेको र यसले कृषकको लागत समेत उठ्न गाह्रो भएपछि शित भण्डार निर्माण गर्नु परेको संस्थाकी उपाध्यक्ष टंकमायाँ लिम्बुले वताईन् । शित भण्डारमा गाउँमा उत्पादन भएका सुन्तला, कागती, अदुवा, नासपाती, ग्राउन एप्पल, बेसार, आलु, स्कुस, अम्बा, मासुजन्य वस्तु लगायतका कृषि उपज समेत भण्डारण गरेर अफसिजनमा विक्री गर्न सकिने संस्थाले जनाएको छ ।
शित भण्डार संचालनमा आएपछि किसानले अफसिजनमा आफ्नो उत्पादन बिक्री गरी दोब्बर आम्दानी लिन सक्ने कोशी प्रदेश कृषि मन्त्रालयले जनाएको छ । घर नजिकै शित भण्डार निमार्ण भएपछि कृषि उत्पादनलाई वढाउने तयारी गरेको म्याङलुङ ९ साब्लाका किसान प्रेम तुम्बाहाङफेको भनाई छ । ‘दुखले उत्पादन गरेको कृषि उपज अब भने कुहिएर जाँदैनन् होला’ तुम्बाहाङफेले भने ।
जिल्लामा शित भण्डार नहुंदा कृषि उत्पादन लामो समय सम्म भण्डारण गर्न समस्या हुंदै आएको थियो । ‘शित भण्डार सञ्चालनमा आएपछि तेह्रथुम आलु, मकै, धान लगायतका खाद्यँन्नको विउमा समेत आत्मनिर्भर हुने अवस्था छ ।’ म्याङलुङ नगरपालिकाका प्रमुख संजय तुम्वाहाङफेले भने ।