तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा अहिले जस्तै ३२ प्रजातीका गुराँस पहिले पनि फुल्थे । तेह्रथुम सहित संखुवासभा र ताप्लेजुङको यो संगम स्थल घना वन क्षेत्रमा कसैले पनि बाहिर बाट गुराँसका एउटा पनि प्रजाती ल्याएर रोपेको होईन् । यहांको जंगलमा प्राकृतिक रुपमा गुराँसका प्रजातीहरु उम्रीरहेका छन् । फुलीरहेका छन् । तर यसको चर्चा कहि कतै थिएन ।
टिएमजे क्षेत्रमा फुल्ने विधिन्न प्रजातीका गुराँसका फुलको सौन्दर्यका बारेमा विश्वभर प्रचार प्रसार गर्न सकियो भने यस क्षेत्र मात्रै नभएर हालको कोशी प्रदेशले समेत फाईदा लिन सक्छ भनेर आज भन्दा ३० बर्ष अघि नै गुराँस संरक्षणकर्मी राजनीतिज्ञ लक्ष्मण तिवारीले अभियान चलाएका थिए । त्यसको प्रतिफल आज टिमएजे चर्चित पर्यटकीय क्षेत्र वनेको छ । पर्यटन अभियानकर्मीको रूपमा रहेर काम गरिरहेका राजनीतिज्ञ तिवारीले टिएजे क्षेत्रको पर्यटकीय विकास गर्न सके विश्वभरका पर्यटक यहां भित्र्याउन सकिन्छ भन्ने सपना देखेका छन् । टिएमजे क्षेत्रको विकास र प्रवद्र्धन बाट मात्र स्थानीयबासीको आर्थिक उन्नती सम्भव देखेका तिवारी संग पर्यटन क्षेत्रको लामो अनुभव छ । टिएमजे क्षेत्रलाई गुराँसको राजधानी वनाउन प्रमुख भुमिका खेलेका उनै तिवारी संग समय खवरका विकास गुरुङले कुराकानी गरेका छन् ।
तीनजुरे मिल्के जलजले क्षेत्रको पर्यटकीय विकासमा निरन्तर लामो समय देखी लागीरहनु भएको छ, टिमएजे क्षेत्रमा त्यस्तो के देख्नु भयो ?
तीनजुरे मिल्के जलजले क्षेत्र पुर्वको प्रमुख पर्यटकीय गन्तव्य वन्न सक्छ र यसको प्रचार प्रसार गरेर विश्वलाई जानकारी दिनुपर्छ भनेर मैले आज भन्दा झण्डै ३० बर्ष अगाडी देखी काम गर्न थालेको हुँ । त्यो काम अहिले पनि निरन्तर छ । यहां पर्यटकीय संभावना धेरै छन् । गुराँसको सौन्दर्य मात्र पनि विश्व बजारमा विक्री गर्न सक्यौं भने यस क्षेत्रका नागरिकको पर्यटकीय भविश्य राम्रो छ । टिएमजेमा यस क्षेत्रका मात्र नभएर समग्र कोशी प्रदेशबासीको भविष्य मैले देखेको छु ।
तपाँइको विचारमा पर्यटन क्षेत्र बाट कोशी प्रदेशले कसरी लाभ लिन सक्छ ?
कोशी प्रदेशलाई पर्यटकीय गन्तव्य स्थलका रूपमा पहिले त विकास गर्नु प¥यो । त्यसका लागि म प्रदेश सभा सदस्य निर्वाचीत भएपछि धेरै काम गरेको थिए । पर्यटन मन्त्रालयले नेपालका प्रमुख १ सय वटा पर्यटकीय गन्तव्य पहिचान गरेर विभिन्न ठाउँहरु तोकेको छ । यि ठाउँहरु मध्ये १६ वटा त कोशी प्रदेशमै पर्छन् । यि पर्यटकीय गन्तव्य स्थलहरूको पूर्वाधार विकासका काम अगाडि बढाउन सकीयो भने कोशी प्रदेशले पर्यटन क्षेत्र बाट प्रयाप्त लाभ लिन सक्छ । त्यसमा टिमएजे क्षेत्र त पहाडी क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य वन्छ नै ।
कोशी प्रदेशको शिरमा नेपालको सबैभन्दा अग्लो चुचुरो सगरमाथा छ । मकालु हिमाल पनि छ । कञ्चनजङ्घा पनि छ । त्यो हिमाली शृङ्खला बाट जन्मिएका हिमनदिहरु तमोर, अरुण, भोटेकोसी, तामाकोसी एउटै जलाधार क्षेत्र भित्र आएर बराह क्षेत्रमा मिसिएका छन् । धार्मिक गन्तव्य हेर्ने हो भने सगरमाथा कोरिडोरमा हलेसी धाम पर्छ । त्यो धार्मिक रूपमा अत्यन्त महत्त्वपूर्ण स्थल हो । त्यसपछि कोसी कोरिडोरमा बराह क्षेत्र आफैमा धार्मिक हिसाबले महत्त्वपूर्ण क्षेत्र हो । मेची कोरिडोरमा पाथीभरा मन्दिर छ । मेची कोरिडोरको तल राजमार्ग बाट इलामको विभिन्न पर्यटकीय स्थल हुँदै पाँचथरको सिलौटे हुँदै पाथीभरा भएर कञ्चनजङ्घा सम्मको एउटा कोरिडोरलाई विकास गर्न सकीयो भने अर्को धार्मिक पर्यटकीय क्षेत्रको विकास सम्भव छ ।
तपाँइको विचारमा बराह क्षेत्र जस्तो धार्मिक पर्यटकीय स्थानलाई टिएमजे जस्तो प्राकृतिक पर्यटकीय क्षेत्र संग कसरी जोड्न सकिन्छ ?
कोसीको बराह क्षेत्र हुँदै तीनजुरे मिल्के जलजले लालीगुराँस क्षेत्र अरुण उपत्यका भएर मकालु बेसक्याम्प सम्म पर्यटन पूर्वाधारका काम गर्नु पर्छ । भेडेटार बसन्तपुर तीनजुरे हुंदै ताप्लेजुङ सम्मको पर्यटकीय शृङ्खला विकास गर्न सक्ने भुगोल हामी संग छ । यसरी धार्मिक स्थलहरुलाई प्राकृतिक रुपमा पर्यटकीय संभावना बोकेका क्षेत्र संग एक आपसमा जोडेर एकीकृत पर्यटन प्याकेजका रुपमा काम गर्न सकिन्छ ।
कोशी प्रदेशले भारतीय पर्यटकहरु सोचेजस्तो तान्न सकीरहेको छैन, तपाईलाई के लाग्छ ? यसमा कमजोरी कस्को हो ?
हामीसँग भएका प्राकृतिक सम्पदाहरूको सौन्दर्य र महत्वलाई हामीले बेच्न र प्रवद्र्धन गर्न सकीरहेका छैनौ । हामीसँग भएका प्राकृतिक सम्पदाहरूको प्रचार प्रसारमा तीन वटै तहका सरकारहरु लाग्नु पर्छ । पर्यटक आउदा खाने बस्ने, स्वास्थ्य सुरक्षा तथा पदमार्ग समेतको अवस्थामा ख्याल गर्नु पर्छ । यसो भएमा नजीकको दुरीमा रहेको भारतका पर्यटक हामी भित्र्याउन सक्छौं ।
टिएमजे क्षेत्रलाई पोखरा, चितवन र लुम्वीनीको स्तरमा पु¥याउन के गर्नुपर्ला ?
यि स्थान भन्दा पनि राम्रो टिएमजे क्षेत्र छ । यहाँ धार्मिक र प्राकृतिक सौन्दर्यका धेरै स्थानहरु छन । यि क्षेत्रको व्यापक प्रचार प्रसार मात्र हुन नसकेको हो । अहिले जुन रुपमा प्रचार प्रसार भैरहेको छ, त्यतिले मात्र पुग्दैन । तीनजुरे मिल्के जलजले क्षेत्रलाई विश्वसामु चिनाउन केन्द्र सरकारको भुमिका महत्वपुर्ण हुन्छ ।
टिएमजे क्षेत्रलाई संरक्षण क्षेत्र वनाउने कुरा उठीरहेको छ । यसको मोडल कस्तो हुनुपर्छ ?
स्थानीय जनतालाई पाखा लगाएर वा उनीहरुलाई अफ्ठ्यारोमा पारेर संरक्षण क्षेत्रको कल्पना गर्न पनि सकिदैन । राज्यले जे काम गर्छ, त्यो जनताका लागि गर्नु पर्छ । राज्यले कुनै पनि काम गर्दा स्थानीय जनताले त्यसको पहिलो फाईदा पाउनु पर्छ । स्थानीय जनताको जिविकोपार्जन र आर्थिक समृद्धिमा त्यसले नकारात्मक असर पार्नु हुंदैन । त्यसले गर्दा स्थानीय जनतालाई साथैमा लिएर स्थानीय समुदायद्धारा संरक्षीत संरक्षण क्षेत्रको रुपमा टिएमजे क्षेत्रलाई अगाडी वढाउनु पर्छ ।
टिएमजे क्षेत्र मानव र वन्यजन्तु मिश्रीत क्षेत्र हो । यस क्षेत्रका वन्यजन्तु जोगाएर पर्यटक आकर्षित कसरी गर्न सकीएला ?
जहां मानव र वन्य जन्तु संग संगै छन्, त्यसले एक अर्कालाई असर गरीरहेको नै हुन्छ । तर त्यही असरलाई हामीले अवसरको रुपमा वदल्न सक्नु पर्छ । वन्य जन्तुलाई असर नपारीकन वस्न कसरी सकिन्छ ? भनेर स्थानीय समुदायलाई जानकारी गरानु पर्छ । वन्य जन्तुलाई मार्ने र भगाउने होईन, संरक्षण गरेर बाहिरी पर्यटक तान्न सक्नु पर्छ । यो कामका लागि स्थानीय समुदाय संग मिलेर तीन वटै तहका सरकारले कार्यक्रम संचालन गर्नु पर्छ । वन्यजन्तुले क्षती गरेमा त्यसको क्षतीपुर्ती सम्वन्धित व्यक्तिले अनिवार्य पाउनु पर्ने कानुनी व्यवस्था भएमा मानव र वन्यजन्तु विचको द्धन्द कम हुन जान्छ र वन्यजन्तु संरक्षणमा समेत महत्वपुर्ण योगदान पुग्छ ।
टिएमजे क्षेत्रको पर्यटकीय विकासमा निजी क्षेत्रको सहभागीता कसरी गराउन सकीएला ?
टिएमजे पर्यटनका लागि प्राकृतिक ब्राण्ड हो । निजी क्षेत्र यहाँ आउन तयार छ । तर त्यसका लागि राज्यले वातावरण त वनाईदिनिु प¥यो नी । त्यहां सम्म पुग्ने सडक, सुरक्षा, स्वास्थ्य लगायतका न्युनतम पुर्वाधार पहिले तयार पार्नु पर्छ । त्यो काम सरकारले गरिदिने हो । त्यस पछि निजी क्षेत्रले गर्ने लगानीमा जोखीम हुनुहुदैन । मैले त्यस क्षेत्रमा लगानी गर्दा मेरो लगानी डुव्दैन भन्ने विश्वास निजी क्षेत्र संग हुनुपर्छ । त्यस्तो वातावरण वनाउने दायित्व पनि सरकारकै हो । टिएमजे क्षेत्रमा निजी क्षेत्रले गर्ने कामका लागि सहुलीयत व्याजदरमा सरकारले ऋण उपलव्ध गराउनु पर्छ । निश्चित समय सम्मका लागि उनीहरुलाई कर छुट दिने व्यवस्था मिलाउनु पर्छ । प्रचार प्रसारको जिम्मा सरकारले लियो भने टिएमजे क्षेत्रको पर्यटकीय विकासमा निजी क्षेत्रको सहभागीता पक्कै पनि वढाउन सकिन्छ ।
तपाईले यसो भन्दै गर्दा तीनजुरे क्षेत्रको पर्यटकीय विकासका के के काम चांही भएका छन् ?
पर्यटकीय पुर्वाधार निर्माण पहिले गर्ने की पर्यटक पहिले भित्र्याउने ? भन्ने कुरामा हामीले गहिरो अध्ययन गर्नु पर्छ । केहीले भन्ने गर्छन, पर्यटक पहिले भित्र्याउनु पर्छ । तर त्यसो होईन । पहिले गर्ने काम नै पर्यटकीय पुवाधारको हो । पर्यटक त ल्याउँला । तर उनीहरुका लागि खाने वस्ने ठाउँ, यात्राका लागि सवारी साधन गुढ्ने सडक र पदमार्गको निर्माण, सुरक्षाको प्रवन्ध जस्ता कुराको विकास पनि त पहिले नै गर्नु पर्छ । अनी मात्र यी ठाउँहरु पर्यटकको रोजाईमा पर्छन । त्यही सोचेर मेरै अवधारणा अनुसार तीनजुरे क्षेत्रको आरआर गार्डेन, कैलास हिल, घुरविसे, पाँचपोखरी, तीनजुरे, पाथीभरा मन्दीर क्षेत्रमा पर्यटकीय पुर्वाधार निर्माणका काम गरेका छौं । भिमप्रसाद आचार्य पर्यटन मन्त्री भएको समयमा थोरै भएपनि स्रोत जुटाएर हामीले आरआर गार्डेन र शिवजी थिमपार्क निर्माणको शुरुवात गरेका हौं । यि पार्क अहिले यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्य वनेका छन् । योगेश भटराई पर्यटन मन्त्री भएको बेला मेरै पहलमा वजेट भित्र्याएर पाथीभरा मन्दीर हुंदै तीनजुरे डाँडा सम्मको पदैल मार्ग (फुट ट्रयाक) निर्माण ग¥यौं । मेरै पहलमा प्रदेश सरकार बाट वजेट ल्याएर पाथीभरा मन्दिरको जिर्णाेद्धार तथा पुनर्निर्माण गरीएको छ । अहिले नयाँ शहर आयोजना कार्यालय बाट काम हुने गरी फुट ट्रयाक, पिकनीक स्पोट, बसपार्क, सार्वजनीक शौचालय, पानी ट्याङकी, पर्यटक आराम गर्ने स्थान लगायतका पुर्वाधार निर्माणका काम अहिले चलीरहेको छ । त्यो वजेट पनि मेरै पहल कदमीमा आएको हो । अहिले शहरी विकास मन्त्रालय बाट तीनजुरे क्षेत्रको पर्यटकीय विकासका लागि थप १ करोड रुपैंया वजेट विनियोजन भएको छ । तीनजुरे हुंदै मिल्के जलजले क्षेत्रलाई पर्यटकीय विकास गर्ने अभियानको नेतृत्व मैले गरेको हुँ । मेरो यो काममा पछिल्लो समय प्रदेश र केन्द्र सरकारले वजेट उपलव्ध गराएर सहयोग गरीरहेका छन् ।
अन्त्यमा थप केही कुरा राख्नु हुन्छ ?
तीनजुरे मिल्के जलजले यस्तो क्षेत्र हो, पर्यटकलाई देखाएर मात्र पनि धेरै आमदानी गर्न सकिने प्रचुर संभावना यहां छ । यहांको सौन्दर्य र महत्व मात्र संसारलाई विक्री गर्न सक्यौं भने कोशी प्रदेश र समग्र देशले नै आर्थिक लाभ लिन सक्छ । त्यसका लागि स्थानीयबासी, निजी क्षेत्र, विज्ञहरु, स्थानीय तह, प्रदेश र केन्द्र सरकार सवै इमान्दार भएर लाग्नु पर्दछ । पर्यटन गुरु योजना बनाएर अगाडी वढ्न सकीयो भने यस क्षेत्रलाई देखाएर आर्थिक समृद्धि हासील गर्न गाह्रो छैन् ।