तेह्रथुम । लालीगुराँस नगरपालिका वसन्तपुरमा रहेको चोत्लुङ पार्कमा लिम्बु समुदायको उधौली मेला शनीवार बाट शुरु भएको छ । मेलाको नेपाल पज्ञा प्रतिष्ठानका पुर्ब कुलपती तिलविक्रम नेम्बाङ (बैरागी कांईला) ले एक कार्यक्रमका विच उद्घाटन गरे । मेलामा लिम्बु समुदायको उल्लेख्य उपस्थिती रहेको छ ।
मेलामा भाग लिन भारत, बेलायत, सिंहापुर र नेपालका बिभिन्न स्थानमा बसोबास गर्ने नेपाली भाषी लिम्वु समुदायका अगुवाहरुको सहभागिता छ । लिम्वु जातीको संस्कारमा आधारीत अन्तराष्ट्रिय स्तरको यो पार्कमा नगरपालिकाको सहयोगमा मेला आयोजना गरीएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले बताए । गत बर्ष १४ लाख रुपैंयाको लागतमा पार्क निर्माण गरीएको नगर प्रमुख माबोहाङको भनाई छ । पार्क परिसरमा शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बसन्तपुरले यो बर्ष २८ लाख रुपैौंय खर्च गरेर युवा संग्राहालय निर्माण गरेको छ ।
संग्राहालयको बैरागी काईलाले शनीवार नै उद्घाटन गरे । संग्राहालयमा लिम्बु समुदायले प्रयोग गरेका ऐतिहासीक, धार्मिक, सांस्कृतिक लगायत महत्वका सामग्री राखीएको छ । चार दिन सम्म संचालन हुने मेला आयोजनाका लागि लालीगुराँस नगरपालिकाले ५ लाख रुपैंया बजेट उपलव्ध गराएको प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताए ।
मेलामा बिशेष गरेर लिम्वु समुदायको जन्म, मृत्यु, विवाह, उद्यौली उभौली जस्ता मौलीक र जातीय पहिचान संग सम्वन्धित कार्यक्रम आयोजना हुने मेला आयोजक लालीगुराँस नगरपालिकाले जनाएको छ । मेलामा यि पर्व र संस्कारमा आधारीत आवश्यक समान समेत राखिएको छ । लिम्वु जाती प्रकृति पुजक मानिन्छन् । लिम्वु जातीले ढुंगा र माटोलाई विशेष पुजाआजा गर्छन् । ढुंगालाई विशेष देवताको रुपमा पुजा गर्ने लिम्वु जातीको धेरै पुरानो संस्कार हो ।
लिम्वु समुदायको धर्मग्रन्थको रुपमा लिईने मुन्धुममा ढुंगालाई विशेष महत्व दिएको छ । जन्मदा वा मृत्यु हुदा लिम्वु जातीले ढुंगालाई प्रयोग गर्छन् । मेला आयोजना स्थल चोत्लुङ पार्कमा लिम्वु जातीको जन्म देखी मृत्यु संस्कार सम्ममा प्रयोग हुने ढुंगाहरु देश विदेश वाट संकलन गरेर राखीएको छ । पार्कलाई लिम्वुहरुको चोत्लुङ (सिद्धीस्थल) को रुपमा बिकास गरीएको नगर प्रमुख माबोहाङले बताए । मुन्धुमका अनुसार चोत्लुङ भनेको लिम्बुहरुले चिताएको कार्य पुरा गर्ने, सिर उठाउने पवित्र ठाउँ अर्थात पुख्र्यौली थलो हो ।
पार्कमा पाहुना स्वागत तथा मेजमानी घर, कुलदेवी युवाले तान बनेर बसेको ठाउँ, युमाले तान लगाउँदा धागो टाँगिएको ठाडो ढुंगो, युमाले आफ्ना सामान बिसाएको ठाउँ, लगन गरीने संस्कारमा बेहुला–बेहुली को आयु तौलिने ठाउँ, नुनतेल चोखीने÷शुद्धी हुने ठाउँ, देउ–देउतालाई थान–थपना दिने ठाउँ, दांत नउम्रीएका बच्चाहरुको सिद्धि स्थल जगाउने ठाउँ लगायत स्थापना गरीएको छ । जन्म देखी मृत्यु सम्म लिम्वु जातीको संस्कार पृथक छ । यो संस्कारलाई जीवित राख्न सकीयो भने मात्र पनि लिम्वु संस्कार हेर्न, वुझ्न, अध्ययन र अनुसन्धान गर्न आउने देशी विदेशीहरुको संख्या वढ्ने नगर प्रमुख माबोहाङले बताए । पार्कका विभिन्न स्थानमा राखीएका ढुंगामा यस्तै संस्कार झल्कीने आकृतिहरु कुदीएका छन् । पार्क र मेलाले यस क्ष्ँेत्रमा लिम्वु जातीको जातीय संस्कारमा आधारीत सांस्कृतिक पर्यटनको विकास हुने कार्यक्रमलाई सम्वोधन गर्दैै प्रमुख अतिथि काईलाले बताए । नेपालमै पहिलो पटक निर्माण भएकोे लिम्वु जातीको जातीय संस्कारमा आधारीत पार्क १ नम्वर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने कांईलाले औंल्याए ।
पार्कमा निर्माण गर्न लागिएको संग्राहालयमा लिम्वु जातीले पुर्वमा राज्यगर्दा प्रयोग गरेका हात हतियार तथा पुरातात्वीक समानहरु, ढुंगा तथा घरेलु हातहतियार समेत राखीएको छ । मेला स्थलमा लिम्वु जातीको खानपान र संस्कार झल्कीने समान पनि राखीएको छ । यो जातीले नयाँ वर्ष वैशाखे पुर्णीमालाई उभौली र मंसिरे पुर्णीमालाई उधौलीका रुपमा धुमधाम संग मनाउने गर्छ । खेत बारीमा लगाएको अन्न घरमा भित्र्याउने समय मंसिरमा विशेष पुजाआजा गरेर मात्र नयाँ फलेको अन्नलाई घरको भकारीमा भित्र्याउने र त्यस पछि न्वागीको रुपमा चढाएर खाने लिम्वु जातीमा चलन छ । त्यस्तै खेतबारीमा अन्न लगाउने समयमा विशेष पुजाआजा गरेर लिम्वु सहित किराँत जातीले उभौली पुजा मनाउने गर्छन् ।
पार्कलाई लिम्वु समुदायको मुन्धुम प्रशिक्षणा केन्द्रको रुपमा समेत विकास गरीने नगर प्रमुख मावोहाङले योजना सुनाए । केही बर्ष भित्रै पार्कमा अन्तराष्ट्रिय स्तरको चोत्लुङ मेला लगाउने तयारी समेत साथै भैरहेको छ । मेलामा अमेरिका, ब्रिटेन, जर्मन, फ्रान्स्, जापान, र भारतका अनुसन्धानकर्ताहरुको उपस्थिती रहने नगर प्रमुख मावोहाङले वताए । जिल्लामा ३६ प्रतिशत लिम्वु जातीको बसोवास छ । आपसापका पाँचथर, ताप्लेजुङ, ईलाम, धनकुटा, सुनसरी, मोरङ लगायत प्रदेश नम्वर १ का जिल्लाहरुमा लिम्वु जातीको घना बसोवास छ । भारतको दार्जिलिङ, सिक्कीम, कालिङपोङ लगायतका क्षेत्रमा समेत लिम्वु जातीको वासोवास बाक्लै छ । मेलामा कोदोको रोटी, तोङबा, झ्याउ, गुन्द्रुक, लोकल कुखुराको मासु लगायतका लिम्बु समुदायले प्रयोग गर्ने खानाका परिकार पनि राखीएको छ ।