बिराटनगर । नेपाल फोटोपत्रकार महासंघको प्रथम महाधिवेशनबाट ध्रुव आले पुन अध्यक्षमा चयन भएका छन । मंसिर ३ गते प्रदेश नं।१ को राजधानी बिराटनगनरमा सम्पन्न अधिवेशनबाट आलेको नेतृत्वमा १७ जनाको कार्यसमिति पनि चयन गरिएको छ ।
नेपाल फोटोपत्रकार महासंघ प्रदेश १ को संयोजनमा विराटनगरको अथिति सदको सभाहलमा भएको महाधिवेशनको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फोटो खिचेर उद्घाटन गरेका थिए । कार्यक्रममा २ वरिष्ठ पत्रकारलाई सम्मान पनि गरिएको थियो । उद्घाटन समारोहमा विशिष्ट अतिथि आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता केदार कार्की, नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टलगायतकले फोटोपत्रकारहरुले विगतमा गरेको योगदान र पर्यटन क्षेत्रको लागि पुर्याउदै आएको कामको कदर गर्दै भ्रमण बर्ष २०२० सफल बनाउन फोटोपत्रकारहरुको हसयोग र योगदान अत्यन्तै आवसेक रहने, फोटोपत्रकारहरुको हितका लागि आगामी दिनमा राज्यले अपनाउनु पर्ने नीतिका विषयमा धारणा राखेका थिए ।
सोही दिन भएको बन्द सत्रबाट केन्द्रीय समिति निर्विरोध निवार्चित गर्दै । प्रथम ऐतिहासिक महाधिवेशनबाट उपाध्यक्षमा सागर श्रेष्ठ, महासचिवमा हरिप्रसाद रेग्मी, सचिवमा बालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रत्नकृष्ण श्रेष्ठ, सहसचिवमा नरेश श्रेष्ठ, सहकोषाध्यक्षमा नवीन पौडेल, सदस्यको लागि प्रदेश १ बाट नवीन उप्रेती, उपेन्द्र चामलिङ, २ बाट जितलाल श्रेष्ठ, ३ बाट जीवन लामा, गण्डकी प्रदेशबाट मञ्जुल शाक्य, ५ बाट विशाल सुनार, कर्णालीबाट राजबहादुर शाही र प्रदेश ७ बाट रामसिंह धामी निर्वाचित भएका छन । अरु तिनजना सदस्य पछि मनोनित गर्ने बताईएको छ ।
पुस ४ गते बिहान विराटनगरको पर्यटकीय क्षेत्र विराटराजाको दरबार, महाभारतकालीन वर्जुताल अवलोकन गर्दै चराको स्वर्ग र अर्नाको राजधानी मानिने कोसीटप्पु वन्यजन्तु आरक्षमा पुगी अधिवेशन समापन गरिएको थियो ।
समापन कार्यक्रममा प्रदेश १ का उद्योग, पर्यटन तथा वन मन्त्री जगदीश प्रसाद कुसियैतको प्रमुख आथित्यता रहेको थियो ।