तेह्रथुम । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिबेला चुनावी मुद्धा लिएर गाउँ पसेको छ । पाँच वर्ष अघिको स्थानीय तह निर्वाचन ताकाकै नियती भोग्दै एमाले एक्लै चुनावी मुद्धाका साथ गाउँ पसेको हो । २०७४ सालको स्थानीय निर्वाचनमा पनि एमाले एक्लिएको थियो ।
गत स्थानीय निर्वाचनमा दुई वटा स्थानीय तह गुमाएको एमाले आगामी मसिंरमा हुने स्थानीय तह निर्वाचनमा गुमेको यो विरासत समेत फर्काउने तयारी साथ चुनावी अभियानमा उत्रीएको छ । प्रदेश सांषद लक्ष्मण तिवारी र तेजमान कन्दङवाको नेतृत्वमा प्रदेशका दुवै क्षेत्रका गाउँवस्तीमा एमाले डुलीरहेको छ । २०७४ को प्रदेश र संघको निर्वाचन ताका एमाले संग बलियो राजनीतिक एजेण्डा र मजबुत पार्टी संगठन थियो । ०७२ सालमा नयाँ संविधान जारी गर्न नेतृत्वदायी पहलकदमी लिएको एमाले संग भारतीय नाकाबन्दी विरूद्ध उभिएको राजनीतिक पूँजी पनि सुरक्षित थियो । जसका कारण जिल्लामा एमालेको माहौल निकै राम्रो थियो ।
नभन्दै, निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको बलियो गठबन्धन तोड्दै एमाले जिल्लामा पहिलो शक्ति बन्यो । जिल्लाका ६ स्थानीय तह मध्ये ५ वटामा उसले जित हात पा¥यो । त्यही नतिजाको पृष्ठभूमिमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्र संग गठबन्धन गरेर प्रदेश र संघको दुवै निर्वाचनमा एमाले विजयी भयो ।
तर, यो बीचमै राजनीतिक ‘कोर्स’ बदलिए पछि एमाले यो पटक जिल्लामा एक्लिएको छ । सत्ता गठबन्धन दलले जिल्लामा प्रदेश र संघको चुनावमा एकताबद्ध भएर जाने निर्णय गरेकाले एमालेलाई आगामी निर्वाचनमा एक्लै भिड्नुको विकल्प छैन् । ‘सत्ता गठवन्धन दलका उमेदवार संग चुनावी प्रतिष्पर्धामा एमाले एक्लै काफी छ’ एमाले पुर्व अध्यक्ष एवं प्रदेश सांषद लक्ष्मण तिवारीले भने । गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन पछि सत्ता गठवन्धन र एमाले समान हैसियतमा देखीएका छन् । तर वडा अध्यक्षको प्राप्त मतभारलाई आधार मान्ने हो भने सत्ता गठवन्धनका पाँच दल भन्दा एमाले अगाडी छ ।
प्रदेश सांषद समेत रहेका एमाले अध्यक्ष तेजमान कन्दङवा गठबन्धनलाई हराउन जिल्लामा एमाले एक्लै काफी हुने दावी गर्छन । ‘केन्द्रमा एमाले नेतृत्वको सरकार र जिल्लामा आंफुहरुले विगतमा गरेको कामकै आधारमा हामी आगामी निर्वाचन पनि जित्छौं’ अध्यक्ष कन्दङवाले भने ‘स्थानीय, प्रदेश र संघमा एमालेले गरेको कामको मूल्याङ्कन मतदाताले अवस्य गर्नेछन् ।’
तर एमाले संग यस पटक हेभीवेट मानीएका हालका स्वास्थ मन्त्री भवानी प्रसाद खापुङ छैनन् । तीन पटक संघको टिकट पाएर दुई पटक एमाले बाट चुनाव जितेका खापुङको अभाव एमालेमा देखीएको छ । उनी नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेर स्वास्थ्य राज्यमन्त्री हुंदै मन्त्री बनेका छन् । तर जिल्लामा उनको जनाधार भने अत्यन्त कमजोर देखीएको छ । खापुङले टिकट पाईहाले चुनाव जित्नका लागि एमालेका अगाडी कांग्रेस, माओवादी लगायतका दलको मत समेत जोड्दा पनि अप्रयाप्त देखिन्छ । अघिल्लो निर्वाचनमा कांग्रेसका उमेदवार सिता गुरुङलाई २ हजार २१ मतले हराउदै एमाले बाट लगातार दोस्रो पटक विजयी भएका खापुङको नेकपा एस प्रवेश पछि बलियो शक्ति एमाले भने जिल्लामा हेभीवेट उमेदवारको खोजीमा छ । अघिल्लो निर्वाचनमा प्रदेशका दुवै क्षेत्र र संघमा समेत विजयी भएको एमालेले खापुङको बहिर्गमन पछि पनि कुनै असर नपर्ने वताउदै आएको छ ।
म्याङलुङ नगरपालिकाका मेयर समेत रहेका एमाले उपाध्यक्ष संजय तुम्बाहाङफे खापुङले पार्टी छोड्दैमा एमालेलाई आगामी निर्वाचनमा कुनै असर नपर्ने दावी गर्छन । ‘खापुङ भन्दा क्षमतावान नेता एमालेमा धेरै रहेकाले आगामी निर्वाचनमा पनि जिल्लाका सबै सिटमा एमालेले चुनाव जित्छ’ उपाध्यक्ष तुम्बाहाङफेले भने ‘यस पटक २०७४ कै नतिजा दोहोरिने निश्चित छ ।’
६ स्थानीय तह रहेको जिल्लामा एमाले र कांगे्रसले गत स्थानीय तह निर्वाचनमा ३÷३ सिट जितेका थिए । खापुङको दल नेकपा एकिकृत समाजवादी भने निल छ । स्थानीय तहको मत परिणामको आधारमा एमाले जिल्लामा पहिलो शक्ति देखीएको छ । तर जनमत नै नभएका खापुङ गठवन्धन दलको तर्फ बाट संघको साझा उमेदवार बन्ने कसरतमा लागेका छन् । भित्री रुपमा उमेदवारीको तयारीमा जुटेका खापुङ बाहिर भने पार्टीको निर्णय मान्ने वताउछन् । उनी केही दिनको जिल्ला भ्रमण पछि विहिवार काठमाडौं फर्किएका छन् । संघमा कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी सिता गुरुङ र तुलसी सुव्वा टिकटको दौडधुपमा लागेका छन् । पार्टी सभापती समेत रहेका प्रधानमन्त्री देउवा निकट मानीने गुरुङले टिकट पाउने संभावना बलीयो छ । गुरुङ र सुव्वामा टिकटको सहमती नभए अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यमा पराजीत भएका प्याव्सनका पुर्व अध्यक्ष विजय सम्बाहाम्फेले पनि टिकटको लागि दावी गरीरहेका छन् ।
संघमा गठवन्धन दलको तर्फ बाट साझा उमेदवार दावी गरीरहेका स्वास्थ्य मन्त्री खापुङको गठबन्धनकै कारण टिकट पाउने संभावना न्युन देखीएको छ । आफुले टिकट अन्य दलका उमेदवारलाई छोड्नु पर्ने अवस्था आएमा पार्टीका जिल्ला अध्यक्ष रहेका कृष्ण चोङबाङलाई प्रदेश (क) को उमेदवारको टिकट दिलाउने कसरतमा खापुङ र उनको पार्टी लागीरहेको छ । केन्द्रमा शिर्ष नेताहरु विचमा समेत यस विषयमा छलफल चलीरहेको एक नेताले वताए । प्रदेश (ख) मा सत्ता गठवन्धन दलको साझा उमेदवारको रुपमा माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गा प्रसाद चापागाँईले टिकट पाउने मोटामोटी सहमती भैसकेको कांग्रेसले जनाएको छ । दुवै प्रदेश निर्वाचन क्षेत्रमा चोङबाङ र चापागाँईले टिकट पाए जिल्लाको ठुलो दल कांग्रेसको उमेदवारी भने निल हुने देखीएको छ । यसको फाईदा फेरी पनि एमालेलाई हुनेछ ।
राजनीतिक गतिविधि, संगठन निर्माण र पार्टी निर्णयमा जिल्लाका अन्य दललाई उछिन्दै अगाडि बढेका एमाले नेताहरू चुनावको नतिजा आफ्नै पक्षमा आउने दावी गर्दै गाउँ छिरेका छन् । कार्यकर्ता र मतदातालाई एमाले बलियो रहेको सन्देश दिन एमाले निरन्तर मतदाताको घरदैलोमा पुगीरहेको प्रदेश सांषद तिवारीको भनाई छ । एमालेमा खापुङको वहिर्गमन पछि संघको टिकटका लागि प्रदेश सांषद तिवारी र कन्दङवाको नाम चर्चामा छ । संघको चुनावी प्रतिष्पर्धामा नेता विजय सुव्वाले समेत यस पटक इच्छा गरेकाले उनको पनि संभावना उत्तिकै रहेको एमालेले जनाएको छ ।
केन्द्रको चुनावी प्रतिष्पर्धाका लागि सुव्वाले टिकट पाए प्रदेशमा बहालवाला नेता नै दोहोरीने संभावना बलीयो देखीएको छ । पछिल्लो समय पार्टीमा उत्पन्न विवाद समाधान भैसकेकाले नेतृत्वको उत्साह सहित सबै जनसंगठन चुनावमा परिचालित भएको एमाले सचिब शिव ढुंगानाले वताए । एमाले नेताहरू पार्टी छोडेर जानेहरुले गहिरीएको खाडल प्रवेश गर्नेहरुले पुरीसकेको तर्क गर्छन् । ‘अब पार्टी विभाजनको पीडा कुनै कार्यकर्तामा छैन्’ सचिब ढुंगानाले भने । आसन्न चुनावको लागि भने एमालेले गरेको सुशासन, राष्ट्रिय स्वाधीनता र विकास निर्माणको कामको फेयरीस्त तयार गरेर मतदातालाई वुझाईरहेको छ ।
शिक्षा, स्वास्थ्य र रोजगारी दिलाउनेमा नागरिकको विश्वास जित्ने ध्याउन्नमा पनि एमाले देखिन्छ । गठवन्धनका नाममा जिल्लाको ठुलो पार्टी कांग्रेसले प्रदेशमा टिकट नै नपाउने अवस्था सृजना भए एमाले जिल्लामा तेस्रो पटक चुनाव जितेर ह्याट्रिक गर्ने दाउमा छ । जिल्लाको दोस्रो शक्ती नेपाली कांग्रेस र अन्य दलहरु नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्र सत्ता गठवन्धनको तर्फ बाट टिकटको टुंगो नलागेकाले चुनावी प्रचार अभियानमा देखीएका छैनन् ।