तेह्रथुम । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तेह्रथुममा भएको जिल्ला अधिवेशन बाट बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय उम्मेदवार अुर्जुन तुम्बाहाम्फे निर्वाचित भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री शेरवहादुर देउवा पक्षीय उम्मेदवार कमल ढुंगानालाई भारी मत अन्तरले पराजित गर्दै पौडेल पक्षीय तुम्बाहाम्फे जिल्ला सभापतिमा निर्वाचीत भएका हुन् ।
विजयी तुम्बाहाम्फेले ४ सय ५०.मत प्राप्त गरेका छन् भने ढुंगानाले २ सय ३६ मत मात्र प्राप्त गरे । तुम्बाहाम्फेले प्रतिद्धन्दी ढुंगानालाई २ सय १४ मत अन्तरले पछि पारेका छन् । तुम्बाहाम्फेले प्रारम्भिक मत परिणाम सार्वजनिक भएदेखि नै ‘लिड’ गरेका थिए । जुन अन्तिम सम्म नै कायम रह्यो । कूल मत ७ सय ३३ मध्ये ७ सय ६ मत खसेको सहायक निर्वाचन अधिकृत प्रकाश ढुङ्गानाले जानकारी दिए ।
उपसभापतिमा मचिन्द्र सुव्वा र शिवप्रसाद भट्टराई निर्वाचित भएका छन् । सचिवमा विपिन निङ्लेकू र डिल्लीराम नेपाल निर्वाचित भएका छन् भने सहसचिवमा डम्बरबहादुर भट्टराई र विश्वप्रकाश तुम्बाहाङ्फे निर्वाचित भए । केन्द्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ तुलसी सुब्बा, केदार ढुङगाना, गणेश बिमली, सन्तोष सुब्बा, केशब भेटुवाल, बिजय सम्बाहाङ्फे, उद्धव तिम्सीना, भिष्म थपलिया, हरी डांगी र अर्जुन मावोहाङ निर्वाचित भएका छन् ।
क्ष्ँेत्रीय अधिवेशन देखी नै देउवा र पौडेल पक्षीय प्यानल वनाएर प्रतिष्पर्धामा होमीएका नेताहरु जिल्ला अधिवेशनमा पनि सोही प्यानल नै खडा गरेर चुनावी प्रतिष्पर्धामा उत्रीएका थिए । वुधबार अपरान्ह सार्वजनीक मत परीणामले जिल्लामा पौडेल पक्ष हावी भएको देखाएको छ । जिल्ला कार्यसमितिमा सभापती, उपसभापती, सचिब लगायत सम्पुर्ण पदाधीकारी पौडेल पक्ष्ँीय विजयी भएका छन् । त्यस्तै महाधीबेसन प्रतिनिधीमा विजयी हुने पनि एक जना बाहेक सम्पुर्ण प्रनिनिधि पौडेल पक्षीय हुन । प्रधानमन्त्री देउवा पक्षीय प्यानल बाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार वनेका लालीगुराँस नगरपालिकाका नगर प्रमुख अजुन माबोहाङ एक जना मात्र विजयी भएका छन् ।
मत परिणाम हेर्दा क्षेत्रीय अधिवेसन देखी नै जिल्लामा पौडेल पक्ष हावी भएको छ । दुवै क्षेत्रीय निर्वाचनमा हार व्यहोरेको देउवा पक्षीय उम्मेदवारले जिल्ला कमिटिमा एक जना पनि पधाधिकारी विजयी गराउन सकेन । देउवा पक्षीय केन्द्रीय सदस्य सिता गुरुङ र पौडेल पक्षीय पुर्व कृषि सहायक मन्त्री तथा पुर्व सांषद तुलसी सुव्वा प्यानल नै वनाएर चुनावी प्रतिष्पर्धामा होमिएका थिए । सहमतीमा आउन नमानी चुनावी प्रतिष्पर्धामा होमिएका प्रधानमन्त्री देउवा पक्षीय उम्मेदवारलाई आफुहरुले नराम्ररी पराजीत गरेको पौडेल पक्षीय एक नेताले वताए ।
त्यस्तै खुल्ला महिला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा गितादेवि तिम्सीना (गौतम), सनिसा भेटुवाल, शुसिला खड्का (कार्की) र शारदा देवि कोइराला निर्वाचित भएका छन् । खुल्ला आदिबासी जनजाती समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधीमा कमल सुब्बा, टेकराज तिगेला र रुद्र कन्दङवा निर्वाचित भएका छन् । खस महिला समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तिला पोख्रेल निर्वाचित भएका छिन् भने खस पुरुष समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा तेजबहादुर कार्की र भिमबहादुर थापा निर्वाचित भएका छन ।
आदिवासी जनजाती महिला समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा जानुका लिम्बु सेर्पा, बसन्ती गुरुङ र राधा प्रधान निर्वाचित भएका छन । अपांग समानुपातिक बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा कृष्ण प्रसाद सुवेदी (रूपक) र दलित समानुपातिक केन्द्रिय महाधिवेशन प्रतिनिधिमा रामकृष्ण लकान्द्री निर्वाचित भएका छन् ।