तेह्रथुम । तिनजुरे रातपोखरी सामुदायिक वन रणा कालमा मझियाहरुको खर्कको रुपमा धेरै बर्ष सम्म रहेको थियो । यस पछि स्थानीयबासीले बस्तु बाख्रा चराउने चरनको रुपमा प्रयोग गर्दै आए । यस्तो किसिमको भोगचलन २०३४ सालको सर्भे नापी सम्म रह्यो । सर्भे नापी हुन पूर्व स्थानीय मानिसहरुको स्वामित्वमा रहँदा सम्म वनको हैसियत एकदमै राम्रो थियो ।
२०३४ सालको सर्भे नापी पछि वन राष्ट्रियकरण भयो¸स्थानीयले आफ्नो स्वामित्व खोसिएको महसुस गरे । त्यस पछि वनको राम्रो संरक्षण हुन सकेन । स्थानीयले मनलागी वन पैदावारको उपयोग गर्दा वन विनास हुन पुग्यो । वन विनास भइ रहँदा स्थानीय अगुवाहरुलाइ चिन्ता बढ्यो । भावी पुस्ताले कसरी वन पैदावार उपयोग गर्न पाउलान भनेर । गाउँभरीका मानिसहरु भेला भएर अव कसरी यस वनलाइ बचाउन सकिन्छ भन्ने बिषयमा ब्यापक छलफल गरे । अन्तत अब सामुदायिक वन गठन तथा हस्तान्तरणका निम्ति जानु पर्छ भन्ने किष्कर्श निकाले र बसन्तपर रेञ्जपोष्टमा एक प्रतिनिधी समुह गइ सामुदायिक वन गठनका लागि निवेदन दिए ।
बसन्तपुर रेञ्जपोष्टको सकृयतामा २०५१ सालमा सामुदायिक वन गठन भयो । वनका विचमा रहेको रातपोखरी र वनको थाप्लोमा रहेको तिनजुरे पहाडका नामबाट तिनजुरेको नाम बाट सामुदायिक वनको नाम तिनजुरे रातपोखरी राखियो र २०५२ साल भाद्र ६ गते स्थानीय समुदायलाइ संरक्षण¸संबर्धन र उपयोग गर्ने गरी हस्तान्तरण भयो । स्थानीय उपभोक्ताहरुको दैनिक आवश्यक्ताको रुपमा रहेको घाँस¸दाउरा¸स्याउँला¸सोत्तर र काठ परिपुर्ती गर्नुका साथै तीनजुरे क्षेत्रको भिरालो भु भागको माटोको क्षयीकरण रोक्ने उद्धेश्यले वन हस्तान्तरण तथा ग्रहण गर्ने कार्य भयो ।
तिनजुरे¸मिल्के¸जलजले क्षेत्र जुन गुराँसको राजधानीको रुपमा परिचित छ । साथै वन तथा जैविक विविधताको हिसावले अत्यन्तै महत्वपुर्ण क्षेत्रको रुपमा रहेको छ । यस क्षेत्रलाइ पर्यापर्यटनको लागि पनि अत्यन्तै धेरै संभावना भएको महत्वपुर्ण क्षेत्रको रुपमा लिइएको छ । यसै क्षेत्र भित्र रहेको यस तिनजुरे रातपोखरी सामुदायिक वन समुद्र सतह देखि २१०० मिटर देखि २९०० मिटरको उचाइमा रहेको छ । यस सामुदायिक वनको कुल क्षेत्रफल ५२३।१६ हेक्टर रहेको छ । जसको ब्यवस्थापन तथा संरक्षण¸संवर्धन र उपयोग ३४७ घरधुरी उपभोक्ताहरुले गरिरहेका छन । सामुदायिक वनलाइ विभिन्न ८ वटा ब्लकमा विभाजन गरिएको छ । कुल ३४७ घरधुरीका १८७२ जनसंख्या मध्ये महिला ८५० र पुरुष ९२२ रहेको छ । आदिबासी जनजातीहरुको सधन बसोबास रहेको यस क्षेत्रमा कुल ३४७ घरधुरी उपभोक्ताहरु मध्ये जनजाती ३२९¸बाहुन क्षेत्री ८६ र दलित १८ घरधुरी रहेका छन । सामुदायिक वन उपभोक्ता समुहमा हाल छत्रबहादुर खड्काले नेतृत्व गरेका छन भने १३ सदस्य रहेको कार्यसमिति कार्यरत छ ।
वनको दिगो ब्यवस्थापन गरी स्थानीय उपभोक्ताहरुलाइ आवश्यक पर्ने घाँस¸स्याउला¸सोत्तर¸हलो हरिस¸खाँवा¸काठ र दाउराको सहज उपलब्ध गर्ने गराउने र भुक्षय नियन्त्रण गर्ने मुल उद्धेश्यले सामुदायिक वन गठन भएको हो । यो वन प्राकृतिक वन हो । चौडापाते र चौडापात नहुने Pine Species प्रजातीका बनस्पतीहरु रहेका छन । सामुदायिक वन हस्तान्तरणको समयमा वनको अवस्था निकै नाजुक रुहेको थियो । खोरिया फाँड्ने लगायत विभिन्न ठाउँबाट बसाइ सरी आएका मानिसहरुबाट वनको अतिक्रमण भएको थियो । तथापी पुनरुत्पादनको अवस्था भने राम्रो थियो । उपभोक्ताहरुले खाली र नाङ्गा ठाउँमा वृक्षारोपण गरी विरुवा हुर्काइ वनमा परिणत गरेका छन । सामुदायिक वन उपभोक्ता समूह आफैले नर्सरी गरी विरुवा उत्पादन गरी खाली भागमा रोप्नका साथै अन्यत्र पनि बिक्री गर्दै आएको छ । जंगली जनावर र चराचुरुङ्गीहरुलाइ पानी पिउन सहजता र चिस्यानको लागि रातपोखरीलाइ ब्यवस्थित गरिएको छ ।
यस पोखरीको पानी हिंउदको समयमा ताजा तरकारी खेतीका लागि सिंचाइ गर्न पनि प्रयोग गरिन्छ । काँचा रुखहरु प्राय काटिन्न¸ हिंउ पर्दा ढलेका ढलापडा र सुख्खा खडा रुखहरु मात्र प्रयोग गरिन्छ । उपभोक्ताको माग र आवश्यक्ताको पहिचान गरी अत्यावश्यक वन पैदावार तोकिएको शुल्क लिइ उपलब्ध गराइन्छ । समुहलाइ हस्तान्तरण भएको २३ बर्षको अवधीमा उल्लेखिय परिवर्तन भएको छ । रोपिएका विरुवाहरु हेरालु राखी सन्तोषजनक रुपमा हुर्काइएका छन । चोरी शिकारी र वन पैदावार चोरी नियन्त्रण गर्न पालो पहरा पद्धती अपनाइएको छ । वनको संरक्षण तथा ब्यवस्थापन समुहका सबै उपभोक्ताहरु मिलेर गर्ने गरेका छन । सामुदायिक वनबाट घाँस बाह्रै महिना निकाल्न दिइएको छ भने दाउरा र काठका लागि हिंउदे आमभेला गरी संकलित माग र वन पैदावरको संचिती बमोजिम उपलब्ध गराईने गरीएको छ ।
क्षयिकरण भएको वन सामुदायिक वनको रुपमा स्थानीय उपभोक्ताहरुलाइ हस्तान्तरण गरे पछि वनको संरक्षण¸संवर्धन राम्रो हुनका साथै खाली र नाङ्गो भागमा वृक्षारोपण गरी रुखहरु हुर्काइएको छ । पुनरुत्पादन राम्रो रहेको यस सामुदायिक वनमा वन डडेलो नियन्त्रण र चरीचरन बन्द भए पछि विरुवाहरु हलक्कै बढेका छन । गैह्रकाष्ठ वन पैदावारहरु चिराइतो¸ अर्गेली¸ लोक्ता¸ मजिटो¸ वनमुला¸ सतुवा¸ सुनलहरो¸ पाँच औंले¸ चिमफिङ आदीको संरक्षण तथा खेति गरिएको छ । वन घना भएको छ भने जंगली जनावरह र चराचुरुङ्गीहरु पनि बढेका छन । सिमसार क्षेत्रको संरक्षण र ठाउँ ठाउँमा पोखरी निर्माण गरे पछि जंगली जनावर र चराहलाइ पिउने पानीको सुविधा भए पछि उनिहरुले बास्थान परिवर्तन गरेका छन । सिमसार क्षेत्रमा विभिन्न किसिमका चराहरु देखिन लागेका छन ।
यो सामुदायिक वन तिनजुरे मिल्के जलजले क्षेत्र भित्रको प्राकृतिक वन हो । सम–सितोष्ण Sub Topical Forest भएको हुँदा प्रजाती चौडापाते र पाइन प्रजातीहरु पनि रहेका छन । यस सामुदायिक वनमा बनस्पतीहरुमा सल्लो¸ उत्तिस¸ गुराँस¸ फलाँट¸लोडसल्ला¸ खस्रु¸ बाँझ¸ सेतीकाठ¸ खोल्मे¸ खराने¸ चिमालो¸ गोब्रे सल्लो¸ चाँप¸ पात्ले¸ चिलाउने¸ अंगेरी¸ फलाट लगायत छन । लहराहरुमा सुनलहरो¸ मजिटो¸ गुर्जो¸ इन्द्रणी रहेका छन । गैह्रकाष्ठ वन पैदावारहरुमा चिराइतो¸ इन्द्रणी¸ वन लसुन¸ लोक्ता¸ अर्गेली¸ पाँचऔंले¸ सतुवा¸ वन मुला¸ मजिटो लगायत रहेका छन । रुखहरुमा बिभिन्न किसिमका झ्याउहरु¸हडचुर र सुनाखरी पाइन्छ ।
वन जंगली जनावरहरुमा मृग¸ चित्तल¸ स्याल¸ भालु¸ बाँदर¸ ढेडु¸ सेतो बाँदर¸ चरीबाघ¸ सालक¸ दुम्सी¸मलसाँप्रो रहेका छन । कहिले कंहि हाब्रे Read Panda पनि जंगलमा आवत जावत गर्दछन । चराचुरुङ्गीहरुमा कोइली¸ डाँफे¸ ढुकुर¸ रुपी¸ वनकुखुरा¸ बट्टाइ¸ काग¸ लाटोकोसेरो¸ कालिज¸ चिल आदी रहेका छन । घस्रने जनावरहरुमा विभन्न प्रकारका सापहरु¸गोहोरो रहेका छन । सम्रगमा वनमा औषत विरुवा प्रति हेक्टर ५२५०¸लाथ्रा ११००¸पोल ४५० प्रति हेक्टर र रुख ११० घन मिटर/हेक्टर रहेको छ । प्रति हेक्टर मौजदात २६१।८१ घम मिटर रहेको छ र औषत बृद्धिदर ३ प्रतिशत रहेको छ । औषत बार्षिक कटान सिफारिस ४० प्रतशत रहेको छ ।
सामुदायिक वन बाट गरीब तथा विपन्न उपभोक्ताहरुले न्युन शुल्क तिरी बाह्रै महिना घाँस उपयोग गर्न पाउने र सामुदायिक वनमा प्रसस्त घाँस रहेकाले उपभोक्ताहरुले पशुपालनलाइ बिशेष जोड दिएका छन । पशु पालन संगै प्रसस्त गोठेमल उत्पादन हुने भएकाले अर्गेनीक तरकारी खेति गरी उल्लेखिय आम्दानी गर्दै आएका छन । उनिहरुलाइ पशु पालन तथा तरकारी खेति ब्यवसाय संचालनका निम्ति सामुदायिक वन उपभोक्ता समुहबाट अति गरीबलाइ ६ प्रतिशत ब्याजमा र गरीबलाइ १२ प्रतिशत ब्याजमा ऋण सापटीको सुविधा रहेको छ । यहाँका उपभोक्ताहरुले उत्पादन गरेको तरकारी खास गरी आलु¸बन्दा¸मटर कोसा धरान विराटनगर र भातको सिलिगुडी सम्म निर्यात हुन्छ । उनिहरुले उत्पादन गरेको दुध नजिकै लसुने बजारमा रहेको डेरीमा बिक्री गर्दछन । यस सामुदायिक वनका उपभोक्ताहरुको मूख्य आम्दानीको श्रोत तरकारी खेती र पशुपालन ब्यावसाय नै हो । यस सामुदायिक वनले ८ लाख रुपैया घुम्तिकोषको रुपमा ऋण सहयोग गरेको छ । ऋण सहयोग पाउनेमा पहिलो प्राथमिकतामा समुदायका सबै भन्दा विपन्नहरु पर्दछन । सामुदायिक वन उपभोक्ता समुहले एक ब्यावसायिक नर्सरीको स्थापना तथा संचालन गर्दै आएको छ । नर्सरीमा दाँते ओखर¸लौठ सल्ला¸चाँप¸नेभारो¸टिम्वुर¸गुराँसका विरुवा उत्पादन भएका छन । सामुदायिक वनले विरुवा बिक्री गरी बार्षिक १० लाख बढी आम्दानी गर्दछ ।
यस सामुदायिक वनको माध्यमबाट बिशेष गरी समुदायका विपन्न उपभोक्ताहरुलाइ कृषि र पशुपालन जन्य ब्यावसायमा उल्लेख्य सहयोग गरेको छ । जलवायु परिवर्तन र मानव स्वास्थ्यलाइ ध्यानमा राखि इको भिलेजको अवधारणा सुरु गरेको छ । जलवायु परिवर्तन अनुकुलनका धेरै कामहरु गरेको छ । फोहोर ब्यवस्थापन¸ वातावरणमैत्री इको भिलेज निर्माण¸रासायनिक मलखाद्य र बिषादीको प्रयोग न्युन गरेको छ । सबै उपभोक्ता घरधुरीमा सौचालय निर्माण तथा प्रयोग¸ धुँवा रहित चुलोको प्रयोग¸घरवरिपरीको सरसफाइमा बिशेष जोड दिएको छ । स्थानीय अनुकुलन योजना निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।
यसका साथै तिनजुरे मिल्के क्षेत्र पर्यटकिय क्षेत्र समेत भएकाले यस सामुदायिक वनले पर्यटनलाइ जोड दिएको छ । रातपोखरी¸पात्ले पोखरीको मर्मत सम्भार गरी आकर्षक पोखरी निर्माण गरेको छ । सामुदायिक वन भित्रका सिमसारको संरक्षण तथा ब्यवस्थापन पछि बिभिन्न घुमन्ते चराहरु आएका छन । नेपालमा पाइने ३१ प्रजातीका गुराँस मध्ये करिव २८ प्रजातीका गुराँसहरुको संरक्षण गरेको छ । नागीहरु¸चउरहरुको ब्यवस्थापन गरी भेडा¸च्याङ्ग्रा¸चौंरीको अवलोकन गराइन्छ । सामुदायिक वन भित्र गुराँस नमुना प्लट¸चाँपको नमुना प्लट¸लौठसल्लाको नमुना प्लट¸पाउलोनिया नमुना प्लट¸ब्यावसायिक नर्सरी निर्माण तथा संचालन¸वनभोज स्थल निर्माण समेतका कुराले आन्तरिक पर्यटनमा टेवा पुगेको छ ।
सामुदायिक वन उपभोक्ता समुहले वन क्षेत्रका विभिन्न भागमा वाढी तथा पहिरो नियन्त्रणका लागि वायो इन्जिनियरिङको अभ्यास गरेको छ । सामुदायिक वनको कोषबाट विपन्न घरधुरीमा खाने पानीको ब्यवस्था मिलाएको छ । विद्यूत जडानमा सहयोग गरेको छ । सामुदायिक वनको कोषमा करिव २० लाख रुपैया बचत घुम्ति कोषको रुपमा रहेको छ । यस सामुदायिक वनले स्कुल वन पाठशालाको अभ्यास गरेको छ । माध्यामिक विद्यालयका विद्यार्थिहलाइ जलवायु परिवर्तन अनुकुल सम्वन्धि आधारभुत सचेतिकरण कक्षाहरु संचालन गरेको छ । स्थानीय तहका जनप्रतिनिधिहरु र विकास साझेदारलाइ वन तथा जैविक विविधता संरक्षण सम्वन्धि अभिमुखिकरण गरेको छ ।
यस सामुदायिक वनको मुख्य आम्दानीको श्रोत भनेको प्रवेश शुल्क¸सदस्यता नविकरण शुल्क¸काठ दाउरा बिक्री बाट प्राप्त आम्दानी नै हो । यस सावउसको गत आर्थिक बर्षमा मात्र करिब १० लाख रुपैयाका विरुवा विक्री गरेको छ । सामुदायिक वनको आम्दानी खर्चलाइ ब्यवस्थित र पारदर्शी बनाउन दोहोरो लेखा पर्णाली अनुसार लेखा राखिएको छ । उपभोक्ता समुहको मासिक बैठक बस्छ र कहिले काँही आवश्यक परे अन्य समयमा पनि बैठक बस्न सक्छ । बर्षमा २ पटक आमभेला गरिन्छ र सामुदायिक वनको आम्दानी खर्चको सार्वजनिक सुनुवाइ आमभेलामा हुने गर्दछ । आर्थिक बर्ष समाप्त भए पछि मान्यता प्राप्त लेखा परिक्षक बाट लेखा परिक्षण गराइन्छ र सम्वन्धित नगरपालिका र डिभिजन वन कार्यालयमा लेखापरिक्षण प्रतिवेदनको छाया प्रती उपलब्ध गराइने छ ।
सामुदायिक वन उपभोक्ता समुहको आम्दानी खर्च समेतलाइ अनुगमन¸ मूल्याङ्कन¸ पृष्ठपोषण र नियमन समेत गर्नेगरी एक लेखा समिति पनि निर्माण गरिएको छ । यही लेखा समितिले आर्थिक बर्ष समाप्त भए पछी आन्तरिक लेखा परिक्षण गरी आमभेलाबाट अनुमोदन गराउँछ र त्यसपछि लेखा परिक्षण गराइन्छ । सामुदायिक वनले आर्थिक ऐन तथा कानुनमा ब्यवस्था भए अनुसारको कर तथा राजश्व बुझाउने गरेको छ ।
समुहको विधान तथा वन कार्ययोजना विपरित काम गर्नेलाइ विधानमा ब्यवस्था भए अनुसार कारवाही गरिन्छ र क्षति र नोक्शानीको प्रकृती हेरी प्रशासन कार्यालयमा मुद्धा चलाउने वा सव डिभिजन/डिभिजन वन कार्यालयमा कारवाहीको लागि माग सिफारिस समेत गरिन्छ ।
सामुदायिक वनका उपभोक्ताहरुलाइ घाँस¸स्याउँला र सोत्तर बाह्रै महिना निशुल्क रुपमा उपलब्ध हुन्छ । समुह बाहिरका मानिसहरुलाइ सामुदायिक वन क्षेत्र भित्र प्रवेश गर्न र वन पैदावार संकलन¸वसार पसार गर्न पुरै प्रतिवन्ध लगाइएको छ । कोही कसैले त्यस्तो कार्य गरे विगो र क्षती अनुसारको कारवाही गरिन्छ । दाउरा र काठको लागि हरियो र खडा रुख प्रयोग गरिन्न । यसका लागि मंसिर देखि बैसाख सम्म ढलापडा¸सुख्खड खडा रुखहरु कटान¸संकलन र बिक्री बितरण गरिन्छ । उपभोक्ताहरुलाइ बास्तविक आवश्यक्ताको स्थलगत निरिक्षण गरेर घर बनाउनका लागि खावा¸वला र काठ उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइने काठको कार्ययोजनामा तोकिए अनुसारको मूल्य भुक्तानी गर्नु पर्ने छ । दाउराको हकमा बार्षिक बढीमा ५० भारी दाउरा उपलब्ध गराइन्छ । सव दहन र सामाजिक साँस्कृतिक (विहे¸ पुराण¸ बर्खी) कार्यको लागि दाउरा निशुल्क उपलब्ध गराइने चलन छ । यस सावउसका करीव ९५ प्रतिशत घरधुरीका उपभोक्ताहरुले खाना पकाउनका लागि दाउराको प्रयोग गर्दछन । बाँकी उपभोक्ताहरुले खाना तयार गर्न बाहेक खोले पकाउन¸जाँड तथा रक्सी पकाउन र जाडो समयमा आगो ताप्नका लागि दाउराको प्रयोग गर्दछन ।
सामुदायिक वन उपभोक्ता समुहमा १३ सदस्यीय कार्यसमिति छ । कार्य समितिमा ६ जाना महिला र ७ जाना पुरुष छन । अध्यक्ष र कोषाध्यक्ष पुरुष तथा उपाध्यक्ष र महासचिब महिला छन । जातीय रुपमा कार्यसमितिमा बाहुन क्षेत्री ५ जनजाती ७ जाना दलित १ जाना रहेका छन । सामुदायिक वन उपभोक्ता समुहको बैंक खाता संचालनमा कोषाध्यक्ष (महिला) अनिवार्य हुने प्रावधान राखिएको छ । सामुदायिक वनको आमसभाले वन पैदावारको मूल्य संशोधन¸घरधुरी थप¸निस्कासन¸बार्षिक समिक्षा र कार्ययोजना निर्माण¸आम्दानी खर्चको अनुमोदन गर्दछ । वन कार्ययोजनामा घरमुली पुरुष र महिला दुवैको नाम लेखिने गरेको छ । घुम्तिकोष खास गरी महिलाहरुका लागि मात्र उपलब्ध गराइन्छ । विपन्न¸पिछडा बर्ग¸दलित र महिलाका लागि वन कार्ययोजनामा अवसर र सुविधामा विशेष प्राधान राखिएको छ । घुम्तिकोषको रकम सरल ब्याजमा सापटी लिइ विपन्न महिला¸गरीब¸ दलितहरुले आर्गेनिक तरकारी खेति¸पशुपालन र साना ब्यावसाय संचालन गरी मनग्य आम्दानी गरेका छन । प्राप्त आम्दानीले बालवालिका पढाउन फि तिर्न¸लुगा कपडा किन्न¸विरामी हुँदा औषधी उपचार गर्न र चाडबाड मनाउन सहयोग पुगेको छ ।
सामुदायिक वन भित्र भएका सडक लगायतका भौतिक पूर्वाधार निर्माण बाट भएको वन तथा जैविक विविधताको क्षती¸गुराँसका वनमा उपभोक्ताको चाप¸ वन क्षेत्रबाट बिद्युत विस्तार¸चोरी शिकार¸जडिबुटी तथा गैह्रकाष्ठको चोरी र बर्षेनी पानीका स्रोतहरु सुक्दै जानु मूख्य समस्या तथा चुनौतिको रुपमा रहेको छ । वनमा नयाँ र मिचाह प्रजातीका वनस्पतीहरुले रैथाने प्रजाती बिस्थापन गर्नु अर्को सबै भन्दा ठुलो चुनौती रहेको छ ।
यती धेरै चुनौती हुँदा हुँदै पनि सामुदायिक वनलाइ आयआर्जन तथा जीविकोपार्जन¸ब्यावसायिक नर्सरी र पर्यटन विकासलाइ मूख्य आम्दानीको स्रोतको रुपमा विकास तथा बिस्तार गर्ने कार्यको सुरुवात भएको छ । सामुदायिक वनको बिच बिचमा रहेका खाली स्थानमा विरुवा रोप्ने ( खास गरी फलफुल जातका) सिमसार क्षेत्रको संरक्षण गरी पोखरी निर्माण गर्ने¸पर्यटनसंग सम्वन्धित अन्य थप विभिन्न कामहरु गर्ने योजना रहेको छ ।
लेखक सामुदायिक वन उपभोक्ता महासंघ प्रदेश १ का अध्यक्ष हुन् ।