तेह्रथुम । सांसद भवानी प्रसाद खापुङले निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि २४ वटा योजना छनौट गरेका छन् । ६ स्थानीय तहमा सांसद खापुङले २४ वटा योजना छनौट गरेका हुन् ।
सांसद खापुङले म्याङलुङ नगरपालिकामा ६, लालीगुराँस नगरपालिकामा ४, फेदाप, मेन्छ्यायाम, छथर र आठराई गाउँपालिकामा क्रमश ५ र ३, ३ वटा विकासे योजना छनौट गरेका हुन् । सांसद खापुङले म्याङलुङ चक्रपथ निर्माण (तम्फुला–डाडाखर्क खण्ड) का लागि ५० लाख, श्रीसुद्ध–फापरबारी खानेपानी योजना म्याङलुङ–६ मा १८ लाख, गुरागाँई चोकदेखि जनता आधारभुत विद्यालय हुंदै लालीगुराँस नगरपालिका जाने सडकमा १० लाख, म्याङलुङ बसपार्क तुम्फुला सम्फरजुङ लामीबगर घाट सडक निर्माणमा २० लाख, कोबेक खेल मैदान निर्माण म्याङलुङ–८ मा १० लाख , म्याङलुङ क्याम्पस कक्षाकोठा थप, खानेपानी शौचालय निर्माण साझेदारी कार्यक्रममा १० लाख रुपैंया विनियोजन गरेका छन् ।
यस्तै लालीगुराँस नगरपालिकाको मुसाङखेल सेपेनी सडक निर्माणमा ५० लाख, सोल्मामा रहेको चिया प्रशोधन भवन मर्मत १० लाख, सुदाप कोलाबुङ दाँगपा सल्लेरी सडक निर्माण (दागपा खण्ड) १० लाख र नेबाङ कृषि सडक स्तरउन्नतीको लागि १० लाख रुपैंया बिनीयोजन गरेको सांसद खापुङले बताए ।
सांसद खापुङले म्याङलुङ नगरपालिकामा छ वटा, फेदाप गाउँपालिकामा ५ वटा, लालीगुराँस नगरपालिकामा ४ वटा, छथर गाउँपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा ३, ३ वटा योजना छनौट गरेका छन् ।
सक्रान्तीबजार सहरी सडक निर्माण आठराई गाउँपालिका–१ मा ५४ लाख, सक्रान्ती बजार बाट ३ नम्बर वडा ह्वाकु जाने सडक निर्माणमा ३२ लाख, सामुदायीक स्वास्थ्य केन्द्र निर्माण खाम्लालुङमा २० लाख रुपैंया बजेट बिनियोजन गरीएको छ । साक्चुवा डाँडागाउँ कमल हुंदै ज्यामिरे सडक निर्माण फेदापमा १५ लाख, याबरा खेल मैदान फेदाप २ मा २० लाख, सम्दुमाबी थलडाँडा मसान घाट जानेबाटो फेदाप ४ मा १५ लाख, भेटवाल गाउँ कालीकुवा सडक निर्माण ईसिबु फेदाप ५ मा १५ लाख, शंकर मावि भवन तला थपका लागि १५ लाख रुपैंया बजेट विनियोजन भएको छ ।
सामुदायिक भवन निर्माण मेन्छ्यायेममा ७८ लाख ५० हजार, सल्लेरी खेल मैदान निर्माण मेन्छ्यायेम १० लाख, पौठाक सम्दु सडक निर्माण मेन्छ्यायेममा १० लाख रकम विनियोजन भएको छ । सामुदायीक भवन निर्माण छथरमा ७० लाख, छथर क्याम्पस भवन निर्माणमा ३० लाख र छथरमै रहेको गुम्बा निर्माण तथा मर्मतका लागि १० लाख रुपैंया बजेट विनियोजन गरिएको सांषद खापुङले जानकारी दिए ।