काठमाडौं । सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने यसअघिको निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । १४ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको छुटको निर्णयलाई प्रभावकारी कार्यान्वयन गराउने निर्णय गरेको हो ।
१६ चैतमा सरकारले चैत महिनाभर निजी विद्यालयले शुल्क लिन नपाउने गरी निर्णय गरेको थियो । तर, निजी विद्यालय सञ्चालकहले विभिन्न शर्त राख्दै कार्यान्वयन गर्न नसकिने बताएका थिए । एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क निजी विद्यालयले दिनुपर्ने भएको छ । निजी विद्यालयमा माध्यामिक स्तर सम्मको शुल्कलाई मिहाना गर्न सरकारले निर्णय गरेको थियो ।
निजी विद्यालय सञ्चालनका लागि चालु पुँजीको अभाव हुने भएमा भने बैङ्क तथा वित्तीय संस्था मार्फत कर्जा सहजीकरण गर्ने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ । सरकारले दोस्रो आर्थिक प्याकेजमा यस्तो निर्णण ल्याएको हो।