अम्लीसो बारीमा शब फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाको मुचुल्का उठाएर शब पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । युवतीको टाउको , अनुहार तथा शरिरका बिभिन्न भागमा चोट लागेको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका इन्पेक्टर रमेश राईले जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘घटनाका बिषयमा थप अनुसन्धान भइरहेको छ , केहि दिनमै हस्याको सबै कारण पत्ता लाग्ने छ।’ स्थानीय ज्योती माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यनरत राई मंगलबार बिहान घरबाट परीक्षा लेख्न भनी हिँडे पछि बेपत्ता भएकी थिइन । युवती परीक्षा लेख्न बिद्यालय नै नपुगेपछि परिवार, आफन्त र गाउँलेले मंगलबारदेखी नै खोजी गरीरहेका थिए ।