तेह्रथुम । नेपालको आन्तरिक श्रम बजारमा झन्डै ७० लाख ८६ हजार कामदार छन्, यि मध्ये औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार र अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार कामदार कार्यरत रहेको सरकारी तथ्याङक छ । उनीहरुको कार्यस्थल सुरक्षाका लागि श्रम ऐनले सम्बोधन गरे पनि अधिकांश रोजगारदाताले लागू गरेका छैनन् । कार्यस्थल सुरक्षा अभावमा धेरै कामदारको ज्यान गइरहेको छ । तर तेह्रथुमको लालीगुराँस नगरपालिका १ टुटेमा निर्माण भैरहेको २ सय २० केभीए विद्युत प्रशारण लाईनको सव स्टेसन निर्माण गरीहेको नीजि क्षेत्रको अरुण/शेर्पा जेभी निर्माण कम्पनीले भने मजदुरको सुरक्षामा राम्रो ध्यान दिएको पाईएको छ ।
कार्यस्थलमा सुरक्षाको प्रत्याभुती भएपछि यो कम्पनीमा कामका लागि पुर्वी तराई, पश्चिीम नेपाल र भारत देखीका सर्यौं कामदार आएका छन् । कार्यस्थलमा सरकारले तोकेको पुर्ण मापदण्ड सहित सुरक्षा हुने भएपछि कामदारको आकर्षण वढेको कम्पनीका निर्माण व्यवसायी नारायण तिवारी (सानु) ले बताए । कार्यस्थलमा सुरक्षा मापदण्ड नअपनाउदा कामदार दुर्घटनामा पर्ने गरेका धेरै उदाहरण छन् । तर आफ्नो कम्पनीमा त्यस्तो संभावना अति नै न्युन रहेको निर्माण व्यवसायी तिवारीले बताए । बिद्युत सव स्टेसन निर्माण स्थलमा जोखिमपूर्ण र काम जोखीम भएको ठांउमा काम गर्दा समेत सुरक्षाका सवै मापदण्ड अपनाउने गरीएको निर्माण कम्पनीेले जनाएको छ । सवै मजदुरलाई सुरक्षा बारे जानकारी र लगाउने उपकरण दिएको कम्पनीले जनाएको छ । ‘सुरक्षा तयारी, उपकरण र जानकारी दिएर मात्र हामी मजदुरलााई कार्यस्थलमा खटाउछौ’ निर्माण व्यवसायी तिवारीले भने ।
कम्पनीले कार्यस्थलका सबै मजदुरलाई जम्मा गरेर हप्ताको एक दिन सुरक्षा सम्वन्धि जानकारी दिने गरेको छ । सोही बखत मजदुरका गुनासा र उनीहरुका मागको समेत सुनुवाई हुने गरेको छ । मजदुरलाई कार्यस्थलमै सवै बिषयको जानकारी र सेफ्टी उपकरण दिएर काम गराउने आफुहरुको कम्पनी सम्भवत पुर्वमा पहिलो भएको दावी निर्माण कम्पनीको छ । कार्यस्थलमा काम गर्दा गर्दै कसैलाई चोट पटक लागीहालेमा तत्कालै प्राथमिक उपचार गर्ने औषधीका किटबक्स् समेत राखीएका छन् ।
कार्यस्थलमा सुरक्षित उपकारण प्रयोग नगर्दा र सुरक्षा सतर्कता बारे जानकारी नहुदा कामदारको ज्यान गइरहेको धेरै उदाहरण छन् । विशेष गरी निर्माण क्षेत्रमा बढी श्रमिकको ज्यान गइरहेको तथ्याङक छ । श्रम विभाग संग त निर्माण क्षेत्रमा कार्यरत श्रमिकको तथ्याङक नै छैन । यस्तो अवस्थामा पहाडमा काम गरीरहेको नीजि क्षेत्रको निर्माण कम्पनीले निर्माण मजदुर प्रति देखाएको व्यवहार सह्रानीय रहेको प्रदेश सांषद लक्ष्मण तिवारीले वताए । श्रम ऐन २०७४ ले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको ग्यारेन्टी गरेको छ । अर्थात् सबैभन्दा पहिलो प्राथमिकता कामदारको रक्षा गर्नु हो । रोजगारदाता आफ्नो कम्पनीले ऐनमा भएको व्यवस्थालार्ई प्रभावकारी रूपमा कार्यान्वयन गरेको व्यवासायि तिवारीको भनाई छ । सव स्टेसनको कार्यस्थलमा सवै मजदुर टाउकामा हेल्मेट प्रयोग गरेका छन् । सेफटी जुत्ता, पञ्जा, चस्मा, बेल्ट र ज्याकेट समेत यहाका मजदुरलाई निर्माण कम्पनीले अनिबार्य प्रयोग गर्न लगाएको छ ।
श्रम ऐनले व्यवसायजन्य सुरक्षा र स्वास्थ्यका सम्बन्धमा रोजगारदाताको श्रमिक प्रतिको कर्तव्य, गैरश्रमिक जनता प्रतिको कर्तव्य, प्रतिष्ठानको सम्बन्धित जिम्मेवार व्यक्तिको कर्तव्य, कुनै उपकरण, वस्तु वा पदार्थको उत्पादनकर्ता, आयातकर्ता वा आपूर्तिकर्ताको कर्तव्य, श्रमिकको कर्तव्य निर्धारण गरेको छ । कानुनमा भए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन धेरै ठाउँमा भएको छैन । तर आफुहरुले कानुनले तोकेको सवै मापदण्ड पुरा गरेर मात्र कामदार लगाउने गरेको कम्पनीले जनाएको छ । कामदारको सुरक्षाका लागि सुरक्षा औजार प्रयोग गर्नुपर्ने विषय आफुहरुको पहिलो सर्त भएको कम्पनीको भनाई छ । निर्माण मजदुरका लागि आफ्नो कम्पनीले आवश्यक औजार, उपकरण तथा सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउने, निर्माण कार्यस्थल नजिक बसोवास नभएका श्रमिकलाई अस्थायी वासस्थान र शुद्ध पिउने पानीको प्रबन्ध गर्ने तथा आवश्यक खाद्य सामग्रीको आपूर्ति व्यवस्था मिलाउने, निर्माण कार्यस्थलमा उपयुक्त सुरक्षा प्रबन्ध समेत मिलाईएको रोजगारदाता कम्पनीका व्यवसायी तिवारीेले बताए ।
राष्ट्रिय गौरवको आयोजना कोशी करिडोर २ सय २० केभीए विद्युत आयोजनाको यो सवस्टेसनमा तमोर नदी र मेवाखोला क्षेत्रमा उत्पादन भएको १ हजार मेघावाट क्षमताको विद्युत ल्याएर जोढ्ने र सुनसरीको इनरुवामा लगेर ढल्केबर बाट आएको ४ सय केभीए क्षमताको राष्ट्रिय प्रशारणमा जोड्ने तयारी साथ काम भैरहेको छ ।