काठमाण्डौं । सरकार कुन लोकमा छ थाहा छैन, प्रधानमन्त्री कुन लोकमा हुनुहुन्छ थाहा छैन । पुराना राजाहरुको जन्मदिनको तस्बिर केही दिनअघि देखेको थिएँ । जन्मदिन मनाउने शैली सामान्य नै थियो ।
जन्मदिनमा तपाईंको सत्ताउन्माद देखेर आम जनता दिक्दार भएका छन्। जनता निराश छन् प्रधानमन्त्रीज्यू। जन्मदिनको कार्यक्रममा प्रधानमन्त्रीको पुर्ख्यौली घर पनि देखियो। प्रधानमन्त्री जन्मिनुभन्दा २० वर्षअघिको हो भन्ने सुनियो।
घरको संरचना त निर्जीव होला तर यसको इतिहास त सजीव होला। आफ्ना आस्थाका लागि जुनसुकै संघर्ष र क्रान्तिका लागि बलिदान गर्न तयार आफ्नै आँगनको केटोले कीर्तिमान राजनीतिक यात्रा तय गर्यो भनेर स्वागतको अभिलाषा थियो होला त्यो घरलाई।
तर जुन तामझामका साथ चार–पाँच हेलिकप्टर लिएर देश, प्रदेश र अन्य राज्य संरचना तथा पार्टीका विशिष्ट व्यक्तिलाई बोकेर जानुभयो। घरलाई लाग्यो होला, आफ्नो खड्गप्रसाद ओली होइन, नयाँ महाराजा सवारी भएछ भनेर। सायद त्यो घरको आत्माले चिनेन होला तपाईंको आत्मालाई। प्रधानमन्त्रीज्यू तपाईंलाई एक निमेष त्यो घरले चिनेन पनि होला।
तपाईंले त्यो घर अगाडि एक निमेष उभिएर आफ्नो अन्तरमनलाई सोध्नुभयोरु जसअपजसलाई अन्तर्मनबाट चिन्तन गर्नुभयोरु आफ्नो विवेकलाई अन्तर्मनबाट टटेल्नुभयोरु अनि आफ्नो प्रतिबिम्ब नियाल्नुभयो प्रधानमन्त्रीज्यूरु तपाईं कुन लोकमा हुनुहुन्छरु जनता कुन लोकमा छन्रु यति होल्डिङ्सले पुर्याएको केक र हेलिकप्टर देख्दा त्यो घरले पनि अपमानित महसुस गर्यो होला। त्यो घरको इतिहासलाई सम्झ्यो होला, आज नराम्रोसँग अपमानित भएँ भन्ने लाग्यो होला। मेरो घरको केटालाई स्वागत गर्न बस्याथेँ भन्ने लाग्यो होला। जन्मदिनमा ४ हजार वृद्धवृद्धालाई सारी र कोट बाँड्ने कार्यक्रम थियो भन्ने सुनियो। पहिले आफ्नो जन्मदिनमा केटाकेटीलाई मिठाई बाँडेर चित्त बुझाउने राजामहाराजाहरुलाई पनि इर्ष्या लाग्यो होला।
पुर्ख्यौली घरमा ओलीले मनाए जन्मदिन
हिजो राजनीति गर्ने हो भने श्रीपेच फुकालेर आउ भन्थे मदन भण्डारी। इटालीयन कवि दाँतेको ‘डिभाइन कमेडी’ याद आयो। भोलिका विद्वानले नेपाली परिवेशमा नयाँ ‘डिभाइन कमेडी’ लेख्लान्। तर आज श्री डेढ, श्री अढाइ, श्री साढे सातजस्ता थरीथरीका श्रीपेच लगाएका कम्युनिष्ट आत्मजन र मित्रहरुलाई देख्दा के भन्दै होलान् मदन भण्डारीरु
(प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले व्यक्त गरेको धारणाको सम्पादित अंश । कान्तिपुर बाट ।