तेह्रथुम । प्रधानमन्त्री केपी शर्मा ओली ११ फागुनमा जन्म घर आठराई गाउँपालिका ४ इवा तीनसल्लेमा आउने निश्चित भएपछि त्यसको तयारी अवस्था बारे वुझ्न प्रदेश सांषद लक्ष्मण तिवारी सहितका नेता तथा सुरक्ष अधिकारीहरु प्रधानमन्त्री ओलीको जन्मघर पुगेका छन् । नेकपा जिल्ला अध्यक्ष्ँ समेत रहेका तिवारी सहितका नेताहरु प्रधानमन्त्री ओली आउनु पुर्व तयारी अवस्था बारे वुझ्न ओलीको जन्मघर पुगेका हुन् ।
आगामी फागुन ११ गते प्रधानमन्त्री ओली उनी जन्मीएको घर आउने निश्चित भएको छ । प्रधानमन्त्री ओलीले आफु जन्मीएको घरमा केही समय विताएर घर संगै निर्माण गरीएको मञ्चमा आयोजना गरीने कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको प्रदेश सांषद तिवारीले बताए । सोही समय प्रधानमन्त्री ओलीले आफ्नो जन्मघर बाट ताप्लेजुङको ढुंगेसाघुमा रहेको जननेता मदन भण्डारीको जन्मघर जोड्ने करिब १ सय किलोमिटर सडकको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको सांषद तिवारीले बताए । त्यस्तै प्रधानमन्त्री ओलीले सोही दिन आफु जन्मीएको गाउँमा प्राविधिक शिक्षालयको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपाका नेता भुपतीलाल श्रेष्ठले बताए । सोही दिन प्रधानमन्त्री ओलीको ६९ औ जन्मदिन पनि परेकाले आफ्नो जन्मदिन पनि इवामा रहेको घरमै मनाउने कायक्रम तय भएको नेकपाका नेता तथा स्थानीयबासी भिम घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी पुर्व तयारी अवस्था बारे वुझ्न र आवश्यक तयारी गर्न नेकपाका जिल्ला अध्यक्ष तिवारी सहित जिल्ला सचिब इन्द्र इम्सुङ, जिल्ला नेता भुपतीलाल श्रेष्ठ, अनुभुतीबम नेपाली, कृष्ण चोङबाङ, गजेन्द्र कन्दङवा, छथर गाउँपालिका अध्यक्ष सन्तविर लिम्बु,, आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बु, तत्कालीन प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओली, प्रहरी नायव उपरिक्ष्ँक नविन किशोर प्रधान, सशस्त्र प्रहरी बल म्याङलुङ गुल्म जिरिखिम्तीका प्रहरी नायव उपरिक्षक नरदिप बस्नेत, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख कञ्चन पाण्डे लगायतको समुुह ओलीको जन्मघर पुगेर फर्किएको छ । टोलीले सुरक्षा, कार्यक्रम स्थल, त्यहा सम्म पुग्ने सडकको अवस्था, गाडी पार्किङको स्थान, हेलीप्याडको अवस्था, पानी लगायतको अवस्था बारे जानकारी लिएको थियो । सवै तयारी अवस्था एकदमै राम्रो रहेको र अब अन्तीम तयारी अवस्थामा पुगेको नेकपाका नेता भुपतीलाल श्रेष्ठले वताए ।
टोलीले स्थानीयबासी, आठराई गाउँपालिकाका जनप्रतिनिधी, नेकपाका स्थानीय नेता कार्यकर्ता, अन्य राजनीतिक दल, सुरक्षा निकाय लगायत संग तयारीको अवस्था बारे छलफल गरेको थियो । टोलीले प्रधानमन्त्री ओलीको जन्मघरमै पुगेर घर र आसपास क्षेत्रको अबलोकन समेत गरेको थियो । तयारी अवस्था एकदमै सन्तोष जनक रहेको र केही बांकी रहेको कार्यलाई पनि तत्कालै पुरा गर्ने काम भैहरेको प्रदेश सांषद समेत रहेका जिल्ला अध्यक्ष तिवारीले बताए । उनी सहितको टोलीले ओलीको जन्मघर पुग्ने सडक र नजिकै निर्माण भएको हेलीप्याडको समेत अबलोकन गरेको थियो ।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी नेपाली सेनाले उनको पुरानो घर नजिकै हेलिप्याड समेत बनाएको छ । केही दिन अघि मात्र भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ समेत ओलीको जन्मघरै पुगेर अवलोकन गरी फर्किएका थिए । प्रधानमन्त्री ओली धर्मपत्नी राधिका शाक्य र केही निकट व्यक्तिलाई लिएर जन्म घर आउने निश्चित भएको नेकपाका नेता कृष्ण चोङबाङले जानकारी दिए । प्रधानमन्त्री ओली सोही दिन भौतिक योजना तथा निर्माण मन्त्री वसन्तकुमार नेम्वाङको गृह जिल्ला पाँचथरको यासोकमा आयोजना हुने तमोर लिफ्टीङ खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा समेत सहभागी हुनेछन् ।
२०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । झापा विद्रोह हुंदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपाका अध्यक्ष केपी शर्मा ओली संविधानसभा बाट जारी नयाँ संविधान पछि मुलुकको पहिलो प्रधानमन्त्री बनेका हुन् ।