तेह्रथुम । जिल्लाको छथर गाउँपालिकालाई नेपालकै पहिलो शुन्य असुरक्षीत गर्भपतन गाउँपालिका घोषणा गरीएको छ । गाउँपालिका केन्द्र शुक्रवारे बजारमा मंगलबार एक कार्यक्रमको आयोजना गरी नेपालमै पहिलो शुन्य असुरक्षीत गर्भपतन गाउँपालिका घोषणा गरीएको हो ।
यस अघि गाउँपालिकाका ६ वटै वडामा जनचेतनमुलक कार्यक्रम अयाोजना गरी सवै वडालाई शुन्य असुरक्षीत गर्भपतन वडा घोषणा गरीएको थियो । असुरक्षीत रुपमा हुने गर्भपतन कार्यलाई रोकी सुरक्षीत रुपमा गर्भपतन गराउने कार्य अव व्यवहारमै उतारीएको शुन्य असुरक्षीत गर्भपतन गाउँपालिका घोषणा गर्दै गाउँपालिका उपाध्यक्ष तारा खरेल (ढकाल) ले बताईन् । घोषणा कार्यक्रमलाई सम्वोधन गर्दै उपाध्यक्ष ढकालले गाउँपालिका भित्र अब कुनै पनि महिलाले असुरक्षीत रुपमा गर्भपतन गराउने अवस्था नआउने वताईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले गाउँपालिका क्षेत्र भित्र रहेका कुनै पनि महिलाले अबका दिनमा असुुरक्षीत रुपमा गर्भपतन गराउनु नपर्ने धारणा राखे । असुरक्षीत गर्भपतनले हुने जोखीम बारे गाउँपालिका भित्रका सवै नागरिकलाई जानकारी गराईएकाले कार्यक्रम प्रभाबकारी हुने अध्यक्ष लिम्बुले वताए । जनस्वास्थ्य र महिला स्वाथ्यको सवालमा छथर गाउँपालिकाले देशमै प्राथमिकताका साथ काम गरीरहेको भन्दै अध्यक्ष लिम्बुले यो अभियानमा सवै नागरिकले साथ दिएकोमा धन्यवाद दिए ।
कार्यक्रममा उपस्थित राजनीतिक दल, स्वास्थ्यकर्मी, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधी तथा शिक्षक र महिलाले असुरक्षीत गर्भपतन नगराउने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा छथर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार वस्नेतले छथर गाउँपालिकाको स्वास्थ्य अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
छथर गाउँपालिकामा गाउँपालिकाको सहकार्यमा आईपास नेपाल तथा समृद्ध तेह्रथुमका लागि अभियानद्धारा स्वास्थ्य सम्वन्धि विभिन्न कृयाकलापहरु संचालन गर्दै आएको अभियानका अध्यक्ष महेन्द्र काफ्लेले वताए । यस अघि अभियानले छथर क्षेत्रका विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सम्वन्धि अभिमुखीकरण, अध्ययन सामग्रीको वितरण, कार्ययोजना निर्माण, सुरक्षीत गर्भपतन सेवाको पहुंच बाट टाढा रहेका समुदायमा कक्षा संचालन, गाउँपालिकाका जनप्रतिनिधी तथा अन्य सरोकारवाला संगको समन्वय तथा छलफल कार्यक्रम समेत संचालन गरेको थियो ।